×

जनकपुरधामा कात्तिक १० गते भूमि लोक उत्सवको दोस्रो संस्करण हुने

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

जनकपुरधाम । सांगितीक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको छ । यही कार्तिक १० गते शनिबार भूमि फाउन्डेसनले भूमि लोक उत्सवको आयोजना गर्न लागेको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरि भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गर्न लागिएको जानकारी दिए । आधुनिकतासँगै मिथिला क्षेत्रका लोक गीत, परम्परा, रितिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण प्रवर्द्धनमा महोत्सवको विशेष योगदान हुने उनले बताए ।

भूमि लोक उत्सवमा ख्यातिप्राप्त संगित साधकहरू सहभागी हुने बताउँदै उनले उत्सव अवधिभर मधेश र मिथिला क्षेत्रको झल्को दिने गरी लोक झाँकी, लोक नाच प्रदर्शन गरिने कार्यक्रम रहेको जानकारी दिए ।

गौरवमय इतिहास बोकेको मधेश तथा मिथिला क्षेत्रको साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई वृहत्त मञ्चमा उजागर गर्दै, आञ्चलिक, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय कलाकारहलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको भूमि लोक उत्सवको दोस्रो संस्करण यही कार्तिक १० गते शनिबार आयोजना गर्न लागिएको जानकारी दिंदै झाले राष्ट्रिय मूलधारबाट बहिष्करणमा परेका मधेश र मिथिला क्षेत्रका समृद्ध कला तथा सांस्कृतिक अभिव्यक्तिको संरक्षण र पुनरुत्थानमा सहयोग गर्ने उत्सवको मुख्य लक्ष्य रहेको बताए ।

भूमि लोक उत्सवको दोस्रो संस्करणमा छनोट गरिएका प्रस्तुतिमा नेपाल र सीमाञ्चलका सुन्दर भौगोलिक तथा सामुदायिक विविधता झल्कने झाको दाबी छ ।

पूर्वी पहाडका लिम्बू समुदायको सङ्गीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत् संसारमा फैलाउन सफल प्रख्यात गायिका एवम् शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका डा. रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्यसमूह मिथिला नाट्यकला परिषद् (मिनाप) देखि समसामयिक नेपाली आधुनिक सङ्गीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए ।

अध्यक्ष झाले मधेश र मिथिला क्षेत्रको सङ्गीत र कलाको संरक्षण एवम् पुनरुत्थान अहिलेको ठूलो आवश्यकता रहेको बताउँदै भुमि लोक उत्सवले मधेशको सांस्कृतिक पुनर्जागरणमा महत्त्वपूर्ण सहजीकरण गर्ने बताए ।

उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार स्थानीय कलाकारसँग जनकपुरधाममा प्रत्येक वर्ष एउटै मञ्चमा प्रस्तुत हुँदा यस क्षेत्रका युवा पुस्ता आफ्नो मौलिक कलाप्रति उत्साहित हुनेछन् ।”

उत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने बिभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुने उनले बताए ।

उत्सवमा विभिन्न १२ वटा समूहका गरि कूल ५० जनाभन्दा बढि कलाकारहरुको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.