×

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

खालीपाना न्युजडेस्क | ५ घण्टा अगाडि

काठमाडौं । छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कवि द्वय निर्मोही व्यास (जीवनसङ्गिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ । वरिष्ठ कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ सालबाट सञ्चालन हुँदै आएको छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक—एकजना वरिष्ठ कवि र युवाकविलाई पुरस्कृत गर्दै आएको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्रा.डा.महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्रा.डा.हेमनाथ पौडेलले दुई पुस्ताका कवि व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गरे ।

प्रमुख अतिथि डा.अवस्थीले छन्दसाधक द्वय व्यास र अर्यालले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरे । साथै,उनले अभियानका संयोजक द्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण र उत्प्रेरणामूलक कार्यक्रमहरूका माध्यमबाट छन्दमा युवापुस्ता र बालपुस्तासमेत निर्माण गरेकामा धन्यवाद व्यक्त गरे ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्रा.डा. देवी नेपालले ‘प्रा.डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरी अनवरत रूपमा १९ शृङ्खलासम्म सञ्चालन गर्न सफल भएको बताए ।

कोभिड–१९ का कारणले स्थगित भएको उक्त शृङ्खलापछि अनलाइन कार्यक्रममार्फत विश्वभरका २८० जनाभन्दा बढी छन्द कविहरूलाई छन्द—तरङ्गले प्रस्तुत गरिसकेको चर्चा गर्दै अर्का संयोजक नेपालले छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिँदैआएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.