सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि त्यसको आठ दिनअघि नै विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक समितिबाट अनुमोदित खेलतालिकाअनुसार आजदेखि क्रिकेट, फुटबल, ह्यान्डबल, बास्केटबल, टेनिस र पौडीलगायत ६ खेल विधाका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल र महिला बास्केटबलका खेल पनि प्रारम्भिक चरणमै सुरु हुने तालिकामा छन् ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन् । प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडीले ३२ खेलका ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले बताए ।
२३ खेल सुर्खेतमा, पाँच जिल्लामा शून्य
दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन गर्ने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोट्र्स र सेपाकताक्रोका प्रतिस्पर्धा सुर्खेतमा हुनेछन् ।
त्यसबाहेक टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाए पनि कर्णालीका सबै जिल्लाले खेल सञ्चालनको अवसर पाएका छैनन् । कर्णालीका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल सञ्चालन हुने छैनन् । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा समेत खेल सञ्चालन हुने भएपछि कर्णालीभित्रै खेलस्थलको समान वितरण हुन नसकेको देखिन्छ ।
एक अर्ब ५९ करोडको रंगशाला हस्तान्तरण
प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला सोमबार निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको उपस्थितिमा निर्माण कम्पनी एमएसी–जीएसएल जेभीले रंगशाला सरकारलाई हस्तान्तरण गरेको हो । रंगशाला निर्माणका लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । करिब १० हजार दर्शक क्षमताको रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, आठ लेनको एथ्लेटिक्स ट्र्याक र बहुउद्देश्यीय खेल संरचना निर्माण गरिएको छ ।
लामो समयदेखि प्रतीक्षामा रहेको रंगशाला औपचारिक रूपमा प्रदेश सरकारको जिम्मामा आएसँगै प्रतियोगिता सञ्चालनको एउटा महत्वपूर्ण पूर्वाधारसम्बन्धी काम पूरा भएको छ ।
करिब नौ हजारको सहभागिता अपेक्षा
प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ । विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू वीरेन्द्रनगर पुगिसकेका छन् ।
प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित प्रचारात्मक र्यालीसमेत निकालिएको थियो । मुख्यमन्त्री मंगलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागितामा र्याली निकालिएको थियो ।
आयोजकका अनुसार प्रतियोगितामा खेलाडी र अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि सरकारले ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत गरेको र आवश्यकताअनुसार करिब ७२ करोड रुपैयाँसम्म खर्च हुन सक्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
कर्णालीको पहिचान स्थापित गर्ने अवसर
कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको खेलकुद इतिहासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । तीन पटकसम्म मिति घोषणा भएर आयोजना हुन नसकेको प्रतियोगिता यसपटक सञ्चालन हुन लागेपछि कर्णालीवासीमा उत्साह थपिएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा हुनेछ भने समापन मङ्सिर २७ गते सोही रंगशालामा गर्ने तालिका छ ।
प्रतियोगिताले कर्णालीको खेल पूर्वाधारलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै पर्यटन, होटल व्यवसाय, यातायात, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । देशभरका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकको आगमनले कर्णालीको सामाजिक तथा सांस्कृतिक पहिचानलाई देशभर पुर्याउने अवसरसमेत सिर्जना गर्नेछ ।
राष्ट्रिय खेलकुदले कर्णालीका खेलाडीलाई आफ्नै प्रदेशमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्ने अवसर दिनुका साथै नयाँ खेल प्रतिभा उत्पादन र खेलकुद संस्कृतिको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.