काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने दुईदिने एक्सपोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने जानकारी दिए ।
यस वर्षको एक्सपोमा स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत प्यानल छलफल थप गरिएको आयोजकले जनाएको छ ।
एक्सपोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ । विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यसमेत एक्सपोको छ ।
चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने सम्भावना रहेको बताए । नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेको उल्लेख गर्दै उनले ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउन एक्सपोले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्सपो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन् । एक्सपोमा खरिदकर्ता, स्टार्टअप र विद्यार्थीले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सक्ने उनको भनाइ छ ।
एक्सपोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रमा काम गर्ने कम्पनी सहभागी हुनेछन् ।
यस वर्ष युरोपेली संघ (ईयू) को सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन पनि राखिनेछ । त्यसमा स्टार्टअपहरूले आफ्ना नवीन विचार, उत्पादन र प्रविधिमा आधारित समाधान प्रस्तुत गर्न पाउनेछन् ।
एक्सपोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल हुनेछ । दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । दुवै दिन हुने पिच सत्रमा प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा र समाधान प्रस्तुत गर्नेछन् ।
.नोभेम्बर २०२५ मा आयोजित पहिलो नास–आईटी एक्सपोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए । पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्सपो थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ ।
यस वर्षको एक्सपोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ । सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एई–ए प्रिक्सा कम्पनी रहेका छन् । डिसहोम इन्टरनेट साझेदार तथा किंग्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा जोडिएका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.