×

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो।

रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो अन्दाजी ३ः३० बजेको समयमा ईशनाथ नगरपालिका–४ महुलिया कालि मन्दिरस्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले रोकेर चेकजाँच गरेको थियो। प्रहरी सहायक निरीक्षक (प्रसनि) बिन्दा महतोको नेतृत्वमा खटिएको टोलीले संकास्पद अवस्थामा रहेको उक्त मोटरसाइकल जाँच गर्दा चालकको झोला र मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको स्रोत नखुलेको ३० लाख नेपाली रुपैयाँ र एक थान स्मार्ट मोबाइल फेला पारेको थियो।

पक्राउ पर्ने मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालयमा बेलुकी ६ः५ बजे निज जैसवालमाथि प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित ुन्यू तराई ट्रेडर्सुका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिनका लागि ल्याएको बयान दिएका थिए।

जैसवालको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक (प्रनि) जीवन कुमार मैनालीको टोलीले ुन्यू तराई ट्रेडर्सुमा पुगेर खानतलासी गरेको थियो। सो क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीले दुवै स्थानबाट गरी जम्मा ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको र पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप कानुनी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.