×

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । निर्धारित समयभन्दा तीन वर्षबढी बितिसक्दा पनि निर्माणले गति लिन नसकेपछि मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ । २७ करोड २२ लाख रुपैयाँ लागतको उक्त सडक निर्माणमा पटक–पटक म्याद थप्दा पनि भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि सडक डिभिजन इलामले ठेक्का तोडेको हो ।

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पर्ने ९.५ किलोमिटर सडक स्तरोन्नतिको काम २०८० पुस २९ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, निर्धारित समयभित्र काम पूरा नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । त्यसका बाबजुद निर्माणले गति लिन नसकेको र पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन इलामले जनाएको छ ।

सडक डिभिजनले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सडक निर्माणको ठेक्का आरडीआईएलएएम÷३३७०११७५४–०७७÷७८–५७ नम्बरमा सम्झौता भएको थियो । निर्माणको जिम्मा काठमाडौंको जे.भी. खड्का कृष्ण–मक्षामले पाएको थियो ।

सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१÷८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको जनाएको छ । ठेक्का अन्त्य गरिएका आयोजनामा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ । त्यस्तै, ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ । त्यसका लागि आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी पुनः निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

मेची करिडोर पूर्वी नेपालको सडक सञ्जालका लागि महत्त्वपूर्ण मार्ग हो । यसअन्तर्गतको सडक स्तरोन्नति समयमै सम्पन्न हुन नसक्दा आयोजना कार्यान्वयनमा ढिलाइ भएको छ । अब नयाँ ठेक्का प्रक्रियामार्फत बाँकी निर्माण कार्य अघि बढाउने सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.