भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर यहाँ बनेको खुकुरी नेपालमा मात्र होइन बिदेशमा समेत चर्चित छ ।
भोजपुरमा १९६५ साल देखि खुकुरीको ब्यवसाय शुरु भएको इतिहास पाइन्छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानिय आरन शिल्पकार सिंहबहादुर बिश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको पाइन्छ । बिश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले एक हजार बक्सिस स्वरुप दिएको र सोही समय देखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी ब्यवसायीहरुको भनाई रहेको छ ।
भोजपुरमा पहिल्लो समयमा उत्पादन भन्दा पनि बढी खुकुरीको माग बढेको छ । द्वन्द्वको समयमा बन्द रहेको भोजपुरको खुकुरी ब्यवसाय मुलुकमा आएको शान्ति प्रक्रियासँगै पुन ब्युतिएको थियो । अन्य जिल्लाहरुमा पनि खुकरी बन्ने गरेतापनि यहाँको लोकप्रियता छुट्टै रहेकाले माग अनुसार धान्न समस्या हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताए ।
दशै तिहार जस्ता पर्वहरु बढी रहदै खुकुरीको माग समेत बढदै गएको छ । भोजपुरमा हाल बुदुना, सिरुपाते, बाँसपाते, चित्लाङ्ग,े कोथीमोडा लगायतका खुकुरीहरु उत्पादन हुने गरेको भएता पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर सदरमुकाम र ग्रामीण क्षेत्रहरुमा उत्पादन भएको खुकरी हाल स्थानिय बजारका अलावा खोटाङ्ग, संखुवासभा, धनकुटा, धरान विराटनगरसम्म विक्रीका लागि जाने गरेको छ । भोजपुरमा हुने हरेक कर्मचारीको स्वागत र बिदाईमा समेत भोजपुरे खुकुरी उपहार स्वरुप प्रदान गर्ने गरिएको छ ।
भोजपुरको प्रख्यात खुकुरी देशमा मात्र नभएर बिदेशमा समेत चिनिएकाले कर्मचारीलाई बिदाई भएर जाँदा दिने गरिएको कर्मचारी मिलन केन्द्रका भोजपुरका सचिव प्रकाश खडकाले बताए ।
खुकरी ब्यवसाय संचालनका लागि चाहिने आवश्यक काठ, कोइला लगायतका सामाग्रीहरुका लागि सरकारी तहबाट सहयोग नमिलेको भए पनि अहिले भने त्यस्तो समस्या नदेखिएको खुकरी ब्यवसायीको भनाई रहेको छ । भोजपुरको दाँवा, कोट, दलगाउँ, बोखिम, दिंला, लगायतका क्षेत्रहरुमा खुकरी उत्पादन हुने गरेको छ ।
जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सिप र व्यवसायलाई संरक्षण गर्न व्यवसायिकरणमा ढाल्न सहयोग गर्नु पर्ने रञ्जिता खुकुरी उद्योग भोजपुरका सञ्चालक दिनेश गजमेरले बताउनुभयो । मुलकमा मात्र नभएर बिदेशमा समेत नाम कमाएको भोजपुरे खुकुरी उद्योगलाई सधै टिकाई राख्न सरकारी निकायबाट पनि आवश्यक सामाग्रीहरुमा सहजता ल्याई सहयोग गर्न जरुरी रहेको व्यवसायीको माग छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.