×

हिलोले लतपतिएको आशा : क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन्। माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ।

गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए।

आफन्तले फोनमार्फत बाढीको चेतावनी दिएपछि उक्त वृद्ध दम्पतीसँग त्यस दिन लगाएका कपडाबाहेक केही पनि बाँकी रहेन।

नदी किनारमा बसोबास गर्ने अन्य स्थानीयसँगै उनीहरू पनि ज्यान जोगाउन हतारहतार अग्लो स्थानतर्फ लागे। यसरी उनीहरूले आफ्नो ज्यान बचाउन सफल भए।

‘मेरो घर बग्यो, म निकै चिन्तित छु। अहिले मसँग केही पनि छैन। लगाउनका लागि कपडा त परै जाओस्, चप्पलसमेत छैन। सबै कुरा बाढीले बगायो। हामी यहाँ आइपुग्दा लगाउने कपडा र चप्पलसमेत थिएन। दुई दिनसम्म खानका लागि केही पनि पाएनौँ। ज्यान जोगाउन हामी यहाँ आएका हौँ,’ धाराबाट पानी ल्याउँदै गर्दा नाङ्सीले एएनआईसँग भनिन्।

उनी बडा चौतारा अस्थायी आश्रयस्थलमा सरेको छ हप्ताभन्दा बढी भइसकेको छ। सुरुमा दाताले उपलब्ध गराएको पालमा आश्रय लिएकी उनी अहिले दातृ संस्थाले निर्माण गरिदिएको टिनको छानो भएको कोठामा सर्दै छिन्।

नाङ्सी, उनका श्रीमान् र अगस्ट २६ को विपद्का अन्य प्रभावितहरू अन्ततः नुवाकोटको यस अस्थायी आश्रयस्थलमा आइपुग्नुअघि धेरै पहाड पार गरेर आएका छन्। एक दशकभन्दा केही बढी अवधिमै नाङ्सीले दोस्रोपटक विस्थापित हुनुपरेको छ।

यसअघि सन् २०१५ को भूकम्पका कारण उनीहरू विस्थापित भएका थिए। उक्त भूकम्पले रसुवा जिल्लाका मैलुङ, तिरु, हाकु र गोगनेका पहाडी गाउँहरूमा ठूलो क्षति पु¥याएको थियो।

७.८ म्याग्निच्युडको भूकम्पका कारण जमिन कमजोर हुँदै गएपछि पहिरोको जोखिम बढेको थियो। त्यसपछि तामाङ बस्तीका बासिन्दाहरू खाल्टेको नदी किनारमा बसाइँ सर्न बाध्य भएका थिए।

त्यतिबेला २५० घरपरिवार नदी किनारको बस्तीमा सरेका थिए। सरकारले अस्थायी पुनर्वासका रूपमा व्यवस्था गरेको उक्त बस्ती समय बित्दै जाँदा स्थायी बसोबासस्थलजस्तै बनेको थियो। तर, अगस्टमा आएको हिउँ र चट्टानको पहिरोपछि उक्त समुदाय फेरि नुवाकोटको अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएको छ।

‘हामी भदौ १० गते (अगस्ट २६) रसुवाबाट भाग्यौँ। त्यसपछि क्रमशः नीलकण्ठ नगरपालिका पुग्यौँ र फेरि लादे फर्कियौँ। त्यहाँ पुगेपछि उचित विद्युत् सुविधा र नुनबिना बाँच्न सकिँदैन भन्ने निष्कर्षमा पुग्यौँ। त्यसपछि महावीर हुँदै पहाड चढेर सिम्ले पुग्यौँ। त्यहाँबाट तल झर्दै अन्ततः यहाँको तामाङ बस्तीमा आइपुग्यौँ। बिदुर नगरपालिका–४ ले हाम्रो अस्थायी बसोबासको व्यवस्था गरेको थियो। त्यसपछि हामीलाई अहिलेको स्थान बडा चौतारामा सारिएको हो। यो सरकारी जग्गा हो र यहाँ हामीलाई बसोबास गराइएको छ,’ नाङ्सीका श्रीमान् सिंहबीरले भने।

यस विपद्मा तामाङ दम्पतीले बाढीमा परी आफ्ना केही आफन्तसमेत गुमाएका छन्, जसको अवस्था अझै पत्ता लाग्न सकेको छैन। यसैबीच, उक्त बस्तीका अन्य प्रभावितहरूले पनि विपद्मा आफ्ना ३२ जना नजिकका आफन्त गुमाएका छन्। उनीहरू अहिले त्यस घटनाले दिएको मानसिक आघातबाट बाहिर निस्कने प्रयास गरिरहेका छन्।

तामाङ नेपालका प्रमुख आदिवासी जनजातिमध्ये एक हुन्। यस समुदायको आफ्नो भूमि, बस्ती, जीविकोपार्जन, संस्कृति, भाषा, परम्परा तथा सामाजिक र सांस्कृतिक सम्बन्धसँग लामो समयदेखि गहिरो सम्बन्ध रहँदै आएको छ।

हिमाली राष्ट्र नेपालका सीमान्तकृत समुदायमध्ये पर्ने तामाङ समुदायले लामो समयदेखि विभिन्न प्रकारका असमानता भोग्दै आएको छ। सन् २०१५ को भूकम्पजस्ता विपद्का बेला यस्तो असमानता अझ स्पष्ट देखिएको थियो। गृह मन्त्रालयका अनुसार उक्त भूकम्पका पीडितमध्ये करिब ३४ प्रतिशत तामाङ समुदायका थिए।

नेपालको कुल जनसङ्ख्याको करिब ६ प्रतिशत हिस्सा ओगट्ने तिब्बती–बर्मेली भाषा परिवारसँग सम्बन्धित यस समुदायलाई आफ्नो अनुकूलन क्षमता हुँदाहुँदै पनि निरन्तर एक स्थानबाट अर्को स्थानमा सर्न बाध्य पारिँदै आएको छ।

बडा चौतारा शिविरमा हाल कुल ५११ जना आश्रय लिएर बसिरहेका छन्। तीमध्ये १३९ जना महिला, १६० जना पुरुष, १८ वर्षमुनिका ११५ जना बालक र ९७ जना बालिका छन्। अस्थायी शिविरमा आश्रय लिइरहेका सबैलाई फेरि अर्को स्थानमा सर्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ।

‘त्यतिबेला पनि वर्षायाम नै थियो र अत्यधिक वर्षा भइरहेको थियो। हामी आफैँ बाढीको पीडाबाट गुज्रिएका मानिस भएकाले पालमा बस्दा वर्षाले झन् जोखिम थप्यो। अहिले टिनको छानो भएको राम्रो आश्रयस्थल पाएपछि पालमा बसेजस्तो अवस्था नहोला भन्ने आशा गरेका छौँ। तर, हामीलाई यहाँ कति समयसम्म बस्न दिइन्छ भन्ने प्रश्नले दिनप्रतिदिन सताइरहेको छ। यदि यहाँबाट पनि हट्न भनियो भने हामी कहाँ जाने ? कहाँ बस्ने ? भन्ने चिन्ता पनि उत्तिकै छ,’ सिंहबीरले भने।

यहाँका विपद् प्रभावितहरू आगामी दिनमा जीवनयापन गर्न सकिने केही आधार सुनिश्चित होस् भन्ने उद्देश्यले निरन्तर रोजगारीका अवसर खोजिरहेका छन्। नुवाकोटमा नदी किनारमा बसोबास गर्नेहरूलाई भविष्यको अनिश्चितताले सताएको छ।

देवीघाटमा गोपालबहादुर सार्कीले बाढीका कारण आफ्नो जुत्ता पसल गुमाएका छन्।

बाढी आएको ५४ दिनपछि गोपालले देवीघाटको क्षतिग्रस्त क्षेत्रमा अनिश्चितताकै बीच अस्थायी पसल सञ्चालनमा ल्याएका छन्। पहिले उनको स्वामित्वमा रहेको पसलको कुनै नामनिसान बाँकी छैन। भग्नावशेष र धुलाम्मे जमिनमा उनले अस्थायी पसल बनाएका छन्।

‘यहाँ (देवीघाटमा) मेरो पसल थियो। मैले एकातर्फको ढोका बन्द गर्न सकेँ, तर अर्कोतर्फको बन्द गर्न सकिनँ। मलाई आफ्नो पसल निकै प्यारो थियो, तर मैले पसलभन्दा आफ्नो ज्यानलाई प्राथमिकता दिनुप¥यो। बाढीले पसल नै बगायो। अहिले जीविका चलाउन यही अवस्थामा यहाँ अस्थायी पसल सञ्चालन गरिरहेको छु,’ गोपालले आफ्नो अस्थायी पसल देखाउँदै भने।

नेपालमा अगस्ट २६ मा चट्टान र हिउँको पहिरोका कारण ‘हिमालयन सुनामी’ भनिएको विनाशकारी बाढी आएको थियो। उक्त विपद्मा हालसम्म १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ६ हजारभन्दा बढीको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन।

बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोजी तथा उद्धार र शव पहिचानसम्बन्धी कार्य जारी छ। बाढीले व्यापक विनाश निम्त्याउँदा ७० हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन् र उनीहरू घरबारविहीन भएका छन्।

अगस्टमा आएको बाढीले तिब्बतसँग सीमा जोडिएका अग्ला पहाडी भेगका बस्तीहरू पूर्ण रूपमा बगाएको थियो। हिमनदी अचानक फुटेर आएको पानीका कारण बाढीको वेग झन् तीव्र बनेको थियो। बाढीले तीव्र गतिमा बग्दै जाँदा तिमुरे र स्याफ्रुबेँसीजस्ता प्रमुख बस्तीहरू पूर्ण रूपमा तहसनहस भएका छन्।

क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। पुनर्निर्माण कार्य पूरा गर्न कम्तीमा एक दशक लाग्ने अपेक्षा गरिएको एएनआईले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.