×

प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी प्रश्न उठाएका छन् ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद चौलागाईंले सुनारमाथि महिलासँगको घरेलु हिंसासम्बन्धी आरोपमा प्रहरीसम्म पुगेर मिलापत्र गरेको तथा विभिन्न पदमा बढुवा र सांसद पद मिलाइदिने भन्दै रकम असुल गरेको आरोपबारे स्पष्ट पार्न माग गरे ।

‘तपाईं सुनुवाइका लागि यहाँ उपस्थित हुनुहुन्छ । हाम्रा तीता प्रश्नबाट रिसाएर धैर्य गुमाउने प्रयत्न नगर्नुहोला, अग्रिम शुभकामना,’ उनले भने ।

चौलागाईंले सुनारमाथि दलित अभियन्ताका रूपमा काम गर्ने क्रममा करोडौँ रुपैयाँ असुल गरेको आरोपसमेत लागेको उल्लेख गरे ।

‘तपाईंमाथि महिलासँगको घरेलु हिंसाको आरोप र उक्त मुद्दामा ललितपुर प्रहरीसम्म पुगेर मिलापत्र गरेको भन्ने आरोप छ। दोस्रो, तपाईं दलित अभियन्ताका रूपमा काम गर्दै गर्दा करोडौँ रुपैयाँ असुल गर्नुभयो भन्ने आरोप छ। नेपाल प्रहरीका एक डीआईजीलाई एआईजीमा बढुवा गराइदिन्छु भनेर पैसा असुल गर्नुभयो, संसद् पद मिलाइदिन्छु भनेर पनि पैसा असुल गर्नुभयो भन्ने गम्भीर प्रकृतिका आर्थिक आरोपहरू छन्। यो विषयमा स्पष्ट पारिदिनुहोला,’ उनले भने।

चौलागाईंले सुनारको राजनीतिक आबद्धतामाथि पनि प्रश्न उठाए। हाम्रो नेपाल पार्टीको केन्द्रीय सदस्यका रूपमा आबद्ध रहेको अवस्थामा राजनीतिक निष्पक्षताका आधारमा राजदूत पदका लागि योग्य हुने वा नहुने विषय स्पष्ट पार्न उनले माग गरे ।

‘तपाईं हाम्रो नेपाल पार्टीमा केन्द्रीय सदस्यका रूपमा आबद्ध रहनुभएको र राजनीतिक निष्पक्षता नभएको कारण राजदूत पदका लागि योग्य नहुने भन्ने कुरा यहाँलाई जानकारी हुनुपर्छ। तपाईंले त्यो आबद्धता तोड्नुभयो कि छैन?’ उनले प्रश्न गरे।

सांसद चौलागाईंका प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत सुनारले आफू महिला हिंसाविरुद्धको अभियानमा संलग्न रहेको दाबी गरे। उनले विभिन्न सञ्चारमाध्यममा आफ्नो अभियानबारे सकारात्मक समाचार तथा लेख प्रकाशित भएको उल्लेख गर्दै महिलाको अधिकार र मानव बेचबिखनका विषयमा पनि लेख लेखेको बताए।

‘म आफैँ महिला हिंसा फैलाउने अभियन्ता हुँ। नागरिक दैनिक, काठमाडौं पोस्ट, नारी पत्रिकाले मेरो अभियानका बारेमा सकारात्मक लेखेका छन्। मैले साउदी अरबदेखि अन्य देशहरूमा महिलाहरूको बेचबिखन हुन्छ, त्यसको बारेमा कति काम गर्न सकिन्छ भनेर लेखेका आर्टिकलहरू धेरै छापिएका छन्। अन्य धेरै महिलाका अधिकारका विषयमा लेखेको छु,’ उनले भने।

सुनारले आफू राजदूतमा सिफारिस भएपछि १३ वर्षअघिको घटनालाई उठाइएको भन्दै प्रश्न गरे। उनले उक्त घटना आफूहरूबीच प्रेम सम्बन्ध रहेको समयको भएको र त्यसबेला आर्थिक लेनदेनका विषयमा फोनमा भनाभन भएको दाबी गरे।

‘आज राजदूत सिफारिस हुँदै गर्दा १३ वर्षपहिलाको कुरालाई आजको दिनमा निकाल्नु भनेको के नियत हो? मेरो सबैका लागि प्रश्न छ,’ उनले भने, ‘१३ वर्षपहिला हामीबीच प्रेम थियो। त्यसको बीचमा उहाँ कुनै देशमा जानुभयो। हाम्रो लेनदेनको कुरा थियो, फोनमा भनाभन भएको हो।’

उनले आफ्नो विरुद्ध हालसम्म कुनै जाहेरी (एफआईआर) दर्ता नभएको दाबीसमेत गरे।

‘यहाँले पावर अफ अटर्नी लिएर मेरो विरुद्धमा बोल्दै हुनुहुन्छ। मेरो आजको दिनसम्म मेरो विरुद्ध कहीँ एफआईआर दर्ता भएको छैन,’ सुनारले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.