×

दशैं नजिकिँदै गर्दा चङ्गा व्यापारमा उत्साह, तर परम्परा हराउँदै गएको व्यवसायीको चिन्ता

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । दशैं नजिकिँदै गर्दा आकाशमा चङ्गा उडाउने रङ्गीन दृश्यसँगै बजारमा यसको किनबेच बढ्ने गर्छ । दशैं र चङ्गाबीच नेपाली समाजमा लामो समयदेखि जोडिएको सांस्कृतिक सम्बन्ध छ ।

तर पछिल्ला वर्षमा बदलिँदो जीवनशैली, मोबाइल र प्रविधिप्रतिको आकर्षण तथा चङ्गाको बढ्दो मूल्यले ऐतिहासिक परम्परामा असर पारेको व्यवसायीहरू बताउँछन् ।

ललितपुरको पाटनस्थित ट्यागल क्षेत्रमा चङ्गा व्यापार गर्दै आएका गोपाल देउलाको परिवारका लागि यो व्यवसाय केवल आम्दानीको माध्यम मात्र होइन, पुस्तौँदेखि जोडिएको पहिचान पनि हो ।

करिब ३५,४० वर्षदेखि सञ्चालनमा रहेको सबैभन्दा पुरानो उनीहरूको पसलले पाटनमा चङ्गा व्यापारको पुरानो इतिहास बोकेको छ । गोपालपछि उनका छोरा विजय देउलाले पनि यही व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

तर यस वर्ष चङ्गाको व्यापार उनीहरूले अपेक्षा गरेअनुसार हुन सकेको छैन । लगातारको वर्षा, बाढीपहिरोको प्रभाव, सडकको अवस्थालगायत कारणले ग्राहकको आवागमन र व्यापारमा असर परेको विजय बताउँछन् ।

‘यो वर्ष चङ्गाको व्यापार घटेकै हो । पसलहरू धेरै भएका छन्, तर चङ्गा उडाउनेहरू खासै देखिँदैनन्,’ विजय भन्छन्, ‘पहिला पाँच–दस रुपैयाँमा पाइने चङ्गा अहिले महँगो भएको छ । त्यसैले सबैले उडाउन सक्ने अवस्था पनि छैन ।’

उनका अनुसार चङ्गा व्यापारमा देखिएको अर्को चुनौती नयाँ पुस्ताको बदलिँदो रुचि हो । पहिले दशैं आउनासाथ बालबालिका चङ्गा उडाउन उत्साहित हुन्थे । अहिले भने धेरै बालबालिका मोबाइलमा व्यस्त हुने गरेका छन् । कतिपयलाई चङ्गाभन्दा ड्रोन उडाउन बढी रमाइलो लाग्न थालेको उनको अनुभव छ ।

उनले भने, ‘अहिलेको नयाँ पुस्ताका बालबालिका मोबाइलमा बढी व्यस्त छन् । उनीहरूलाई चङ्गा उडाउनुभन्दा ड्रोन उडाउन रमाइलो लाग्न थालेको छ । चङ्गा उडाउन पनि उनीहरूलाई गाह्रो लाग्छ । यिनै कारणले गर्दा यस वर्ष चङ्गा उडाउनेहरूको सङ्ख्या घटेको हो ।’

विदेशबाट आउने चङ्गामा निर्भर बजार

देउलाका अनुसार नेपालमा चङ्गा उत्पादन नहुँदा बजार मुख्यतः आयातमा निर्भर छ । कागजका चङ्गा भारतबाट आउने गरेका छन् भने कपडाबाट बनेका विभिन्न डिजाइनका चङ्गा चीनबाट समेत आयात हुने गरेका छन् ।

यसले गर्दा व्यवसायीले खरिद मूल्य निर्धारणमा पर्याप्त नियन्त्रण राख्न नसकेको उनको भनाइ छ । विदेशबाट आउने सामानको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पर्ने गरेको छ ।

‘हामीले भारतबाट चङ्गा ल्याएर बेच्ने हो । बाहिरबाट आउने भएपछि उनीहरूले जे मूल्य तोक्छन्, त्यसैअनुसार लिनुपर्ने बाध्यता छ,’विजय भन्छन् ।

उनका अनुसार पसल सञ्चालन गरेर दैनिक खर्च धान्न सकिए पनि यो व्यवसायबाट ठूलो आम्दानी हुने अवस्था छैन । तैपनि पुर्खाले गर्दै आएको व्यवसाय र त्यससँग जोडिएको सांस्कृतिक पहिचान जोगाउन आफूहरूले पसललाई निरन्तरता दिइरहेको उनी बताउँछन् ।

‘पसलबाट खान पुग्ने आम्दानी हुन्छ भन्ने मात्रै होइन । आफ्नो देशको पहिचान किन गुमाउने भन्ने कुरा हो । त्यसैले दुःख गरेर भए पनि पसल चलाइरहेका छौँ,’ उनी भन्छन् ।

पुस्तान्तरणको चुनौती

गोपाल देउला लामो समयदेखि चङ्गा व्यापारमा संलग्न छन् । तर पछिल्लो समय व्यापारमा आएको परिवर्तन र चङ्गा उडाउनेहरूको घट्दो आकर्षणले उनलाई चिन्तित बनाएको छ । मोबाइल र अन्य प्रविधिमा बढ्दो व्यस्तताले बालबालिकाको रुचि फेरिएको उनको बुझाइ छ ।

चङ्गा व्यापारमा संलग्न परिवारले यसलाई निरन्तरता दिन सके पनि आगामी पुस्ताले यही व्यवसाय रोज्छन् भन्ने निश्चित छैन । विजयका अनुसार व्यवसायलाई अगाडि बढाउने इच्छा भए पनि नयाँ पुस्ताको रुचि र चाहनाले त्यसको भविष्य निर्धारण गर्नेछ ।

यद्यपि, उनी दशैंमा चङ्गा उडाउने परम्परालाई जोगाउनुपर्नेमा जोड दिन्छन् । अरू समयमा उडाउन नभ्याए पनि घटस्थापनादेखि विजयादशमीसम्मको अवधिमा कम्तीमा केही दिन चङ्गा उडाउन उनी नयाँ पुस्तालाई आग्रह गर्छन् ।

व्यापार छ, तर उत्साह छैन

चङ्गा बिक्री गर्ने रिना मगर पनि यस वर्षको व्यापारलाई सामान्य नै मान्छिन् । उनका अनुसार पानी परेपछि चङ्गाको बिक्रीमा केही सुधार देखिए पनि समग्रमा व्यापारको अवस्था खासै उत्साहजनक छैन । गत वर्षको तुलनामा केही सामानको कारोबार बढेको अनुभव भए पनि बजारमा अपेक्षित चहलपहल नरहेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘यसवर्ष व्यापार ठीकै छ । गत वर्षको तुलनामा अहिले सामान र धागोको बिक्री बढ्दै गएको छ । तर व्यापार भनेजस्तो उत्साहजनक चाहिँ छैन ।’

मगरको पसलमा कागज र प्लास्टिककादेखि कपडाबाट बनेका विभिन्न डिजाइनका चङ्गासम्म पाइन्छन् । ग्राहकको रुचिअनुसार चङ्गाको आकार, बनावट र मूल्य फरक हुने गरेको छ । साना बालबालिकाले प्रयोग गर्ने प्लास्टिकका तथा कागजका चङ्गाको माग रहने गरेको उनी बताउँछिन् । चिनियाँ चङ्गामा चील, स्पाइडरम्यान र डोरेमोनजस्ता चित्रसमेत पाइन्छन् ।

उनका अनुसार चङ्गा र त्यसका लागि आवश्यक सामग्रीको मूल्यसमेत बढ्दै गएको छ । ठूला आकारका चङ्गा १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेका छन् । मूल्य बढे पनि ग्राहकले आफ्नो आवश्यकता र क्षमताअनुसार चङ्गा रोज्ने गरेका छन् ।

अनलाइन व्यापारको प्रभाव र ग्राहकको विश्वास

चङ्गा व्यापारमा अनलाइन बजारको प्रभाव पनि देखिन थालेको छ । अर्का व्यापारी किशोर देउलाका अनुसार अनलाइन माध्यमबाट सामान बिक्री हुनेक्रम बढे पनि ग्राहकको एउटा समूह अझै पसलमै आएर चङ्गा हेर्ने, छाम्ने र गुणस्तर बुझेर किन्ने पक्षमा छ ।

आफ्नो पसलमा कटन, नाइलन र सिलिकनजस्ता सामग्रीबाट बनेका चङ्गा पाइने भए पनि कटनका चङ्गा बढी बिक्री हुने गरेको उनी बताउँछन् । साना सजावटी चङ्गा केही आफूहरूले बनाउने गरे पनि अधिकांश चङ्गा भारत तथा कपडाका चङ्गा चीनबाट आउने गरेका छन् ।

किशोरका अनुसार यस वर्ष व्यापार ठीकै छ । तर पानी परेका दिनमा ग्राहकको आवागमन प्रभावित हुने गरेको छ । अनलाइन व्यापारका कारण मात्रै आफ्नो कारोबारमा ठूलो घाटा नभएको उनको भनाइ छ । पुराना ग्राहक र वरपरका उपभोक्ता पसलमै आएर सामान किन्ने गरेका छन् ।

उनका अनुसार चङ्गाको मूल्य र गुणस्तरअनुसार ग्राहकले रोजाइ गर्ने गरेका छन् । सामान्यदेखि हजारौँ रुपैयाँ पर्ने चङ्गासम्म बजारमा उपलब्ध छन् ।

परम्परा जोगाउने जिम्मेवारी कसको ?

दशैं नजिकिँदै गर्दा बजारमा किनबेच जारी छ । पसलहरूमा विभिन्न रङ, आकार र डिजाइनका चङ्गा सजिएका छन् । तर चङ्गा बिक्री भइरहनु र चङ्गा उडाउने संस्कृति जीवन्त रहनु एउटै कुरा होइन भन्ने व्यवसायीहरूको अनुभव छ ।

एकातिर चङ्गाको बढ्दो मूल्य र आयातमा निर्भरता छ भने अर्कोतिर नयाँ पुस्ताको बदलिँदो रुचि छ । वर्षाले पनि यस वर्षको व्यापारलाई प्रभावित गरेको व्यवसायीहरू बताउँछन् । यी चुनौतीका बीच चङ्गा पसल चलाइरहेका व्यवसायीका लागि यो मौसमी कारोबार मात्र नभई सांस्कृतिक परम्परा र पारिवारिक विरासतसँग जोडिएको विषय बनेको छ ।

पाटनमा पुस्तौँदेखि चङ्गा व्यापार गर्दै आएको देउला परिवारका लागि पसल निरन्तर चलाउनु आफ्नै पहिचान जोगाउनु पनि हो । तर यो परम्परा आगामी पुस्तासम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्न भने उनीहरूकै अनुभवले अनुत्तरित छा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.