×

महाधिवेशन स्थलमै खुमा अर्यालको हेल्पडेस्क, सयौं प्रतिनिधि लाभान्वित

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार खुमा प्रसाद अर्यालको पहलमा सञ्चालन गरिएको हेल्पडेस्कबाट ५ सय वढी महाधिवेशन प्रतिनिधि प्रत्यक्ष लाभान्वित भएका छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई मतदान प्रक्रिया, आवश्यक सूचना तथा विभिन्न व्यवहारिक समस्यामा तत्काल सहजीकरण गर्ने उद्देश्यले खुमा अर्याल फाउन्डेसनले हेल्पडेस्क सञ्चालन गरेको हो । देशका विभिन्न जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिहरूलाई आवश्यक जानकारी उपलब्ध गराउनेदेखि विभिन्न प्रक्रियामा सहजीकरण गर्ने काम हेल्पडेस्कबाट गरिएको फाउन्डेसनले जनाएको छ।

चुनावी प्रतिस्पर्धाबीच प्रतिनिधिको सुविधा र सहजतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको हेल्पडेस्कलाई फाउन्डेसनले ‘राजनीतिभन्दा ठूलो सेवा’ भन्ने अवधारणासँग जोडेको छ । राजनीतिक पदका लागि प्रतिस्पर्धा गरिरहँदा पनि प्रतिनिधिको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर सेवा गर्न सकिन्छ भन्ने सन्देश दिन हेल्पडेस्क सञ्चालन गरिएको बताइएको छ।

फाउन्डेसनका अनुसार ५४७ प्रतिनिधिले प्रत्यक्ष सेवा लिनुले हेल्पडेस्कको आवश्यकता र उपयोगिता देखाएको छ। महाधिवेशनलाई केवल नेतृत्व चयन र चुनावी प्रतिस्पर्धाका रूपमा मात्र नभई सहभागी प्रतिनिधिको सुविधा, सहयोग र सेवाको अवसरका रूपमा पनि अघि बढाउनुपर्ने सन्देश यसले दिएको फाउन्डेसनको दाबी छ ।

व्यवसाय, सामाजिक सेवा र कांग्रेसको संगठनात्मक भूमिकामा सक्रिय अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशको खुला भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । युवा पुस्ताको सहभागिता, नयाँ सोच र सेवामुखी राजनीतिक संस्कारलाई प्राथमिकता दिँदै आएका अर्यालले राजनीतिक पदलाई व्यक्तिगत लाभभन्दा सामाजिक उत्तरदायित्व र सेवाको माध्यम बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

महाधिवेशनकै क्रममा प्रतिनिधिको आवश्यकतालाई सम्बोधन गर्न हेल्पडेस्क सञ्चालन गर्नुलाई उनको यही सेवामुखी राजनीतिक सोचको व्यवहारिक अभ्यासका रूपमा प्रस्तुत गरिएको छ। चुनावी प्रचारसँगै प्रतिनिधिको सहजता र आवश्यकतालाई केन्द्रमा राखिएको यो पहलले राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर सेवा र जिम्मेवारीको संस्कारलाई पनि प्राथमिकता दिन सकिने सन्देश दिएको फाउन्डेसनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.