काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपसभापति पदका उम्मेद्वार मधु आचार्यले पार्टीको पुनर्जागरणका लागि नीति परिवर्तनसँगै संगठनको कार्यशैली, नेतृत्वको व्यवहार र राजनीतिक चरित्रमै परिवर्तन आवश्यक रहेको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउँदै आचार्यले पार्टीभित्र देखिएको नयाँ जागरणलाई वैचारिक रूपमा सुदृढ र संगठनात्मक रूपमा व्यवस्थित गर्नुपर्ने बताएका हुन् । मंगलबार राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता गरेपछि नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले कांग्रेसलाई पुनः जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार जनतामा कांग्रेसप्रति पुनः आशा जाग्न थाले पनि त्यसलाई राजनीतिक परिणाममा बदल्न पार्टीले विगतका कमजोरी सच्याउनुपर्ने आवश्यकता छ । त्यसका लागि केवल नीतिगत दस्तावेज वा निर्णय परिवर्तन गरेर नपुग्ने उनको भनाइ छ ।
‘जनतामा गुमेको विश्वासलाई फेरि आर्जन गर्न सारभूत रूपान्तरण आवश्यक छ,’ आचार्यले भने, ‘मात्र नीतिमा परिवर्तनले पुग्दैन, चाल, चेहरा, चिन्तन र चरित्रमा नयाँ नेपाल, नयाँ कांग्रेसको आवश्यकता छ ।’
आचार्यले मुलुकको वर्तमान राजनीतिक अवस्था जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको पनि बताए । जनताले प्रगति, समुन्नति र सुशासन चाहेको भए पनि सरकारका गतिविधिले अपेक्षाअनुसार आशा जगाउन नसकेको उनको भनाइ छ ।
उनले कांग्रेसको संगठनलाई तल्लो तहसम्म प्रभावकारी बनाउने र कार्यकर्तासँगको सम्बन्धलाई पुनः मजबुत बनाउने विषयलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरे ।
आचार्यले आफूले विगतदेखि नै पार्टी रूपान्तरणको एजेन्डा उठाउँदै आएको उल्लेख गर्दै विशेष महाधिवेशनबाट तय गरिएको रोडम्यापअनुसार अझै धेरै काम गर्न बाँकी रहेको बताए । अहिलेसम्म भएका सुधार प्रारम्भिक चरणमा मात्रै रहेको भन्दै उनले बाँकी सुधारलाई संस्थागत गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे ।
उनले उपसभापतिको उम्मेदवारीलाई पद प्राप्तिभन्दा जिम्मेवारीका रूपमा लिएको बताए । भुइँ तहका कार्यकर्ताले अपेक्षा गरेको समयसापेक्ष कांग्रेस निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ । ‘पार्टी सदस्य र भुइँ तहका कार्यकर्ताले खोजेको र चाहेको जस्तो समयसापेक्ष कांग्रेस निर्माण गर्नु मेरो संकल्प हो,’ उनले भने ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.