×

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउँदै

खालीपाना न्युजडेस्क | १६ घण्टा अगाडि

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको यो खण्ड सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ । यसले बढ्दो विद्युत् माग व्यवस्थापन, भोल्टेज सुधार र आपूर्ति प्रणालीको विश्वसनीयता बढाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताए ।

आगामी हिउँदयाममा उपत्यकाको विद्युत् माग व्यवस्थापन गर्ने उद्देश्यले प्राधिकरणले असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । लाइन सञ्चालनका लागि चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिएको छ ।

चोभार सबस्टेसनमा स्थानीय वितरणका लागि ११ केभीका नौवटा फिडर छन् । सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट ती क्षेत्रमा भोल्टेज सुधार हुनुका साथै आपूर्ति थप गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको छ । मुख्यतः त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ । मातातीर्थबाट चोभारसम्मको प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् प्रवाहमा थप विकल्प उपलब्ध हुनेछ ।

यसैबीच, चोभारबाट चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । यसका लागि पाटन सबस्टेसनलाई समेत १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने लक्ष्यसहित थानकोट–चापागाउँ–भक्तपुर आयोजना आर्थिक वर्ष २०५५÷५६ देखि सुरु गरिएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा अघि बढाइएको आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

तर, ललितपुरको खोकना, बुंगमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न माग गर्दै अवरोध गरेपछि उक्त खण्डको निर्माण अघि बढ्न सकेको छैन । यसले उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजनामा ढिलाइ भइरहेको छ ।

चोभारसम्मको प्रसारण लाइन सञ्चालनमा आउनु उपत्यकाको विद्युत् आपूर्ति सुदृढीकरणमा महत्त्वपूर्ण भए पनि पूर्ण रिङ संरचना निर्माणका लागि ललितपुरतर्फको अवरुद्ध खण्ड पूरा गर्नुपर्ने चुनौती भने कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.