×

नेपाल रेडक्रसको आयोजनामा नुवाकोटमा आपतकालीन खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी तालिम सम्पन्न

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

नुवाकोट । नुवाकोटको विदुरमा आपतकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भएको तालिम रसुवा–भोटेकोशी बाढी प्रतिकार्यका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (IFRC) को आपतकालीन प्रतिक्रिया इकाइ (ERU) सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

तालिममा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूलाई विपद्का समयमा आश्रयस्थलमा वितरण गरिने खानेपानी प्रशोधन, घरधुरीस्तरमा खानेपानी शुद्धीकरण तथा आपतकालीन स्वच्छता प्रवर्द्धनका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा सैद्धान्तिकसँगै व्यवहारिक अभ्याससमेत गराइएको थियो । विपद्का समयमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न स्वयंसेवकहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गरिएको रेडक्रसले जनाएको छ ।

तालिमपछि स्वयंसेवकहरूलाई आपतकालीन अवस्थामा परिचालन गरी प्रभावित समुदायमा सुरक्षित खानेपानी तथा स्वच्छता सेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.