काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार अबेरसम्म बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचन, साङ्गठनिक विस्तार तथा पार्टी सञ्चालनसम्बन्धी महत्वपुर्ण निर्णयहरू गरेको छ । बैठकले गरेका निर्णयबारे पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराएका छन् । बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ ।
समितिमा तोसिमा कार्की, मिलन लिम्बू लगायतका नेताहरू सदस्य तथा सातै प्रदेशका सभापतिहरू सदस्य रहने व्यवस्था गरिएको छ ।
यसका साथै १४ वटा केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख तथा सदस्यहरूको समेत मनोनयन गरिएको छ । खरेलले भने, बैठकले संगठन सुदृढीकरणका लागि आगामी असोज २० देखि २७ गतेसम्म देशव्यापी ‘हामी आउँदैछौँ उनले भने, विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानअन्तर्गत पार्टीका सबै सांसद र केन्द्रीय सदस्यहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिनेछन्। अभियानको रोस्टरअनुसार सांसदहरूलाई उनीहरूको आफ्नै निर्वाचन क्षेत्र वा जिल्ला भन्दा फरक जिल्लामा परिचालन गरिने प्रवक्ता खरेलले बताएका छन् ।
यस्तै, पार्टीको मधेश प्रदेश सम्बन्धी विवाद समाधान गर्न सह महामन्त्री हरि ढकालको नेतृत्वमा बनेको कार्यदलले पेश गरेको प्रतिवेदनमाथि अध्ययन गरी आवश्यक कदम चाल्ने तथा काठमाडौं उपत्यकामा पार्टीको आफ्नै स्थायी कार्यालय स्थापनाका लागि उपयुक्त जग्गा वा घरको खोजी गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैबीच, सरकारमा पार्र्टीको ६ महिनाको सहभागिता सन्तोषजनक रहेको ठहर गर्दै रास्वपाले विकास निर्माण र सुशासनको गतिलाई आगामी दिनमा अझ तीव्र बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.