×

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्लड बैंक सञ्चालन

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

 

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका क्रममा रगतको व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा यो सेवा सुरु गरिएको हो ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) बीचको सहकार्यमा रक्तसञ्चार सेवा स्थापना गरिएको हो । फाउन्डेसनको सहयोगमा स्थापना गरिएको सेवा अब प्रतिष्ठानमै उपलब्ध हुने भएको छ । यसअघि आकस्मिक अवस्था, शल्यक्रिया, प्रसूति, दुर्घटना तथा अन्य उपचारका क्रममा रगत आवश्यक पर्दा बिरामीका आफन्तले विभिन्न स्थानमा पुगेर रगत खोज्नुपर्ने अवस्था थियो ।

कतिपय अवस्थामा जुम्लाबाहिरबाट समेत रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको प्रतिष्ठानले जनाएको छ । रक्तसञ्चार सेवा सञ्चालनमा आएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक रगत व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानका निर्देशक डा. विनम्र बिष्टले रक्तसञ्चार सेवा सञ्चालनलाई कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनका अनुसार प्रतिष्ठानले बिरामी तथा सेवाग्राहीको आवश्यकता पहिचान गर्दै स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज र सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई निरन्तरता दिइने उनले बताए ।

‘आज सुरु भएको रक्तसञ्चार सेवा एउटा सुरुवात मात्र हो,‘ निर्देशक बिष्टले भने, ‘आगामी दिनमा कर्णालीका नागरिकले आफ्नै ठाउँमा सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले थप सेवा विस्तार गर्दै जानेछौँ ।’

विशेषगरी दुर्गम हिमाली क्षेत्रबाट उपचारका लागि जुम्ला आउने बिरामीका लागि रक्तसञ्चार सेवा उपयोगी हुने प्रतिष्ठानको अपेक्षा छ । प्रसूति, दुर्घटना, शल्यक्रिया तथा आकस्मिक उपचारका क्रममा तत्काल रगत आवश्यक पर्ने अवस्थामा सेवाले उपचारलाई थप सहज बनाउने प्रतिष्ठानले जनाएको छ ।

रक्तसञ्चार सेवा स्थापना तथा सञ्चालनमा सहयोग गरेकोमा प्रतिष्ठानले एएनएमएफसहित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । रक्तसञ्चार सेवा सुरु भएसँगै जुम्लामा उपचारका क्रममा आवश्यक पर्ने रगतका लागि बाहिरी स्थानमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्ने आधार तयार भएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.