×

जनकपुरधामका मेयर मनोज साहको प्रश्न, पूरा जनकपुर गुठी कै हो, सौचायल कहाँ बनाउने ?

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय कहाँ बनाउने ? भनेर प्रश्न गरेका छन् ।

बुधबार उपमहानगरपालिकामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मेयर साहले गुठी संस्थालाई उपमहानगरपालिकाले असहयोग गर्नुको कारणबारे जानकारी गराएका छन् ।

उनले अतिक्रमित जग्गा खाली गराउन उपमहानगरपालिका सदैव साकारात्मक भएपनि गुठी संस्थाले अतिक्रमित जग्गा कसलाई भन्ने ? भनेर आफै प्रष्ट नरहेको बताएका छन् । एक महिना अघि गुठी संस्थानले जनकपुरधामका सात वटा पोखरीको डिलमा बनाइएको अतिक्रमित भनिएका संरचनाहरु भत्काउने क्रममा एउटा सार्वजनिक सौचालय पनि भत्काएकोमा मेयर साहले प्रश्न उठाएका छन् । उनले सरकारकै पैसाले जनताको सुविधाका निम्ति निर्माण गरेको सौचालयसम्म हटाउने प्रवृतिमाथि प्रश्न उठाएका छन् । उनले सबै सार्वजनिक सौचालयसमेत तोड्ने हो भने लोटा लिएर कहाँ जाने ? भनेर प्रश्न गरेका छन् ।

मेयर साहले जनताको हितका लागि सरकारकै लगानिबाट बनेका संरचना हटाउने कार्यमा जनकपुरधाम उपमहानगरपालिकाले कुनै सहयोग नगर्ने प्रस्ट पारेका छन् । तीनै तहको सरकारको लगानीमै विभिन्न स्थानमा जनताको सुविधाका निम्ति बनेका शौचालय, विद्यालय, योगकेन्द्रहरु भत्काउँदा जनतालाई नै सास्ती हुने र सरकारको पैसा डुब्ने हुनाले त्यस्ता कार्यमा उपमहानगरपालिकाले कुनै सहयोग नगर्ने मेयर साहको भनाई छ ।

करीब एक महिना अघि गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिका भित्रका ७ वटा पोखरीको डिलमा बनाइएका अनाधिकृत संरचनाहरुमा डोजर लगाएर खाली गराएको थियो । त्यस पश्चात पुनः ७ वटा थप पोखरीको डिल खाली गराउने सूचना निकालेको गुठीले जनकपुरधाम उपमहानगरपालिकाले असहयोग गरेको भन्दै कार्य रोकेको छ । अब फेरि खाली गराउने कार्य कहिलेदेखि सुरु हुने हो भन्ने निश्चित भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.