×

नेपाल रेडक्रसमा राजनीतिक दलमा आबद्ध पदाधिकारीलाई हटेर सांगठनिक सुधार गर्न आग्रह

खालीपाना न्युजडेस्क | २८ मिनेट अगाडि

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले संस्थाभित्र सांगठनिक सुधारका लागि दलगत राजनीतिमा सक्रिय रहेका आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई पदबाट अलग हुन औपचारिक अनुरोध गरेको छ

रेडक्रसमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण पछिल्लो समय संस्थागत समस्याहरू जटिल बन्दै गएको र अन्तर्राष्ट्रिय महासङ्घ (IFRC) ले समेत प्रतिबन्ध लगाउनेसम्मको नीति अख्तियार गरेको भन्दै रेडक्रसले यो कदम चालेको हो

नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ को उपदफा ३ अनुसार, सक्रिय राजनीति वा राजनीतिक दलको भातृ सङ्गठनमा रहेका, वा शासकीय संरचनामा बहाल रहेका व्यक्तिहरू रेडक्रसको कुनै पनि तहको समिति, आयोग वा उपसमितिमा रहन नपाउने प्रस्ट व्यवस्था रहेको छ

विधानको उक्त प्रावधानलाई उद्धृत गर्दै रेडक्रस केन्द्रीय कार्यालयले कुनै पनि तहका समितिमा रहेका पदाधिकारी वा सदस्यहरू राजनीतिक दल वा भातृ सङ्गठनको पदमा बहाल भए स्वस्फूर्त रूपमा रेडक्रसको संलग्नताबाट अलग हुन आग्रह गरेको छ

रेडक्रसका अनुसार विधानको यो व्यवस्थालाई अटेर गरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधान बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ

साथै, कुनै पनि तहका पदाधिकारी वा सदस्यहरू राजनीतिक दल वा तिनका भातृ सङ्गठनमा सक्रिय रहेको प्रमाण भएमा तथ्यसहित secretariat@nrcs.org मा इमेल मार्फत जानकारी गराउन समेत रेडक्रसले सर्वसाधारण तथा सरोकारवाला सबैसँग अपिल गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.