×

खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाका सात तथा गैरसैनिक छ वटा हवाई साधनमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ ।

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।

टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको छ । उनीहरूको उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एक शवसमेत निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी छ ।

त्यस्तै, त्रिशूली–३बी आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरेको छ ।

उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माणका लागि बबक्याट प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ । टोली अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरेको छ । साथै, अडिट–१ बाट एक्स्काभेटर भित्र्याई त्रिशूली–३ए सँग लिङ्कअप गराउने कार्यसमेत भइरहेको छ ।

लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ तथा गैरसैनिक दुई जनासहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुई वटा शव फेला पारेको छ । सो क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ ।

चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर तथा मड पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाउने कार्य गरिरहेको छ ।

यसैगरी, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ¥याफ्ट र बोटसमेत प्रयोग गरी खोजी कार्य गरिरहेको छ । सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्ने कार्यसमेत भइरहेको छ ।

नुवाकोटको देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली परिचालन भई बेस निर्माण गरिरहेको छ । सो स्थानमा जडान गर्न गजुरीमा रहेको एक्रो ब्रिजका केही भाग त्रिशूली पु¥याइएको छ भने थप सामग्री ढुवानी भइरहेको छ ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउन चिकित्सक अधिकृतसहितको टोलीले पैदल गस्ती गरिरहेको छ । गस्तीका क्रममा स्थानीयवासीलाई स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.