×

बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदिश खरेलले सरकारले सीमित स्रोत–साधनका बाबजुद खोजी, उद्धार र राहतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।

उनका अनुसार बैठकमा सरकारमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछि सरकारले गरिरहेको काम र कार्यप्रगतिबारे जानकारी गराएका थिए । अब खोजी, उद्धार र राहतसँगै पुनस्र्थापनाको कामलाई पनि अगाडि बढाउने तयारीबारे बैठकमा जानकारी गराइएको खरेलले बताए ।

खरेलले भने, ‘यो बैठक सम्पूर्ण रूपमा महत्त्वपूर्ण र गम्भीर हिसाबले अहिलेको तत्कालको भोटेकोशी बाढी र यसले निम्त्याएको राष्ट्रिय शोक, यो विपद्कै सन्दर्भमा केन्द्रित भएको छ। हामीले यो विपद्, भोटेकोशी बाढी र यसपछाडि खोजी, उद्धार र राहतको सन्दर्भमा पार्टीमा गम्भीर समीक्षा गरेका छौँ।’

उनका अनुसार हालसम्म सरकारले स्थापना गरेको कोषमा करिब ८ अर्ब रुपैयाँ सहयोग सङ्कलन भएको छ । त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम प्राधिकरणलाई पठाइएको र प्राधिकरणमार्फत ६ करोड रुपैयाँभन्दा बढी रकम प्रभावित स्थानीय तहमा पठाइएको जानकारी बैठकमा दिइएको छ ।

रास्वपाले खोजी, उद्धार र राहतमा सरकारले गरेको कामप्रति धन्यवाद दिँदै अझै प्रभावकारी रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रभावित क्षेत्रमा राहत पु¥याउने, बेपत्ताको खोजीलाई निरन्तरता दिने तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

खरेलले भने, ‘पार्टीले सरकारलाई धन्यवाद दिएको छ, सन्तोष व्यक्त गरेको छ र अझै प्रभावकारी बनाउनुपर्छ, अझै हामीले राहतलाई प्रभावित ठाउँसम्म पु¥याउनुपर्छ, अझै पनि खोजी जारी राख्नुपर्छ, अझै पनि उद्धारलाई कन्टिन्यु गर्नुपर्छ।’

रास्वपाले विपद्को कठिन परिस्थितिमा सरकारलाई आफ्नो निरन्तर र कसिलो साथ रहने निर्णय गरेको पनि उनले बताए । उनका अनुसार पार्टीले सङ्घीय सरकार मात्रै नभई तीनै तहका सरकारलाई आवश्यक सहयोग र साथ दिने निष्कर्ष निकालेको छ ।

यसैगरी, बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निकालिएका निष्कर्षबारे जानकारी गराएका थिए । सर्वदलीय बैठकमा विपद्को सामना गर्न राजनीतिक दलहरूबीच व्यक्त भएको ऐक्यबद्धताप्रति लामिछानेले धन्यवाद दिएको खरेलले बताए।

रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएको छ ।

उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सन्दर्भमा लामो रूपमा, दीर्घकालीन रूपमा हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेरै लानुपर्छ भन्ने कुराहरू पनि सभापतिज्यूको यसमा जोड रहेको छ। र त्यसलाई पार्टीको सचिवालय बैठकले पनि आत्मसात् गरेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.