×

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, अधुरो पुल र बाढीको जोखिम अझै उस्तै

खालीपाना न्युजडेस्क | १३ घण्टा अगाडि

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।

ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पु¥याउनुका साथै पुल बगाएको थियो । चारवटा घरसमेत बग्दा स्थानीय विस्थापित भएका थिए । सडक अवरुद्ध भएपछि जाजरकोटबाट डोल्पातर्फ जाने सम्पूर्ण यातायात सेवा ठप्प बनेको थियो । यात्रु, स्थानीय बासिन्दा तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए । डोल्पातर्फ खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको थियो ।

बाढीपछि नलगाड नगरपालिकाले भेरी करिडोर सडक आयोजनासँग समन्वय गरेर तत्काल सडक मर्मतको काम अघि बढाएको थियो । अस्थायी रूपमा सडक सञ्चालनयोग्य बनाएपछि नौ दिनपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

नलगाड–१२ का स्थानीय तेजबहादुर विकका अनुसार लामो समयसम्म सडक बन्द हुँदा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि तत्काल राहत मिलेको भए पनि जोखिम पूर्ण रूपमा हटेको छैन ।

ताक्सुगाडको बाढीले सडक र पुल मात्रै होइन, रोली ज्यूलामा निर्माण गरिएको सिँचाइ नहरसमेत क्षतिग्रस्त बनाएको छ । नहर बग्दा स्थानीय किसानको सिँचाइ व्यवस्था प्रभावित भएको छ । नगरप्रमुख डम्बर रावतका अनुसार नहर पुनर्निर्माणका लागि लागत अनुमान तयार पारिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत पुनर्निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार बाढीले क्षति पु¥याएका संरचनाको अस्थायी मर्मतले मात्रै समस्या समाधान नहुने भएकाले दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण आवश्यक छ । वर्षायाममा खोलाको बहाव बढ्ने भएकाले भविष्यमा यस्ता क्षति दोहोरिन नदिन बलिया संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

फेरि सडक अबरुद्ध हुने खतरा

सडक सञ्चालनमा आए पनि ताक्सुगाड क्षेत्रमा अवस्था अझै संवेदनशील छ । माथिल्लो क्षेत्रमा वर्षा परेपछि खोलामा अचानक पानीको बहाव बढ्ने भएकाले सवारी आवागमन फेरि अवरुद्ध हुने जोखिम रहेको स्थानीय बताउँछन् ।

भेरी करिडोरअन्तर्गत पर्ने विभिन्न खोलामा वर्षायाममा पानीको बहाव बढ्दा हरेक वर्ष यातायात प्रभावित हुने गरेको छ । धेरै स्थानमा स्थायी पुल र कल्भर्ट नहुँदा सवारीसाधनले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।

भेरी करिडोरले जाजरकोटलाई डोल्पासँग सडकमार्फत जोडेको भए पनि केही महत्वपूर्ण स्थानमा पुल निर्माण नहुँदा वर्षायाममा नियमित यातायात सञ्चालन हुन सकेको छैन । विशेषगरी छलगाडमा स्थायी पुल अभावका कारण डोल्पाको सदरमुकाम दुनैसम्म सवारी नियमित रूपमा पुग्न सक्दैनन् । खोलामा पानी बढेपछि सवारी रोकिन्छन् र यात्रुहरूले पैदल खोला पार गर्नुपर्ने अवस्था आउने गरेको छ ।

स्थानीयका अनुसार यसले दैनिक जीवन मात्र होइन, खाद्यान्न, निर्माण सामग्री र औषधिको आपूर्तिमा पनि प्रत्यक्ष असर पारिरहेको छ । भेरी करिडोरका महत्वपूर्ण पाँच पुल निर्माणको जिम्मा क्याराभान हिराचन जेभीले २०७७ माघ २ गते पाएको थियो । कम्पनीले नलगाड र झुर्मेखोलाको पक्की पुल निर्माणका लागि १८ करोड ४३ लाख ४३ हजार रुपैयाँको ठेक्का लिएको थियो ।

त्यस्तै त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको पुल निर्माणका लागि १३ करोड ५४ लाख रुपैयाँको अर्को ठेक्का पनि सोही कम्पनीले पाएको थियो । यी पुलहरू भेरी करिडोरका रणनीतिक संरचना मानिए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । स्थानीयले अधुरा पुलकै कारण वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने समस्या दोहोरिएको बताएका छन् ।

जाजरकोटदेखि डोल्पासम्म फैलिएको भेरी करिडोर सडकको लम्बाइ करिब ११८ किलोमिटर रहेको छ । यस सडकले जाजरकोटसँगै डोल्पाका विभिन्न स्थानीय तहलाई सडक सञ्जालमा जोड्ने काम गरेको छ । सडक निर्माणसँगै यातायात पहुँचमा सुधार भए पनि बाढीपहिरो, पुल अभाव र कमजोर संरचनाका कारण वर्षायाममा नियमित सञ्चालन अझै चुनौतीपूर्ण बनेको छ ।

ताक्सुगाडको सडक खुलेपछि तत्काल यातायात सञ्चालनमा सहजता आएको भए पनि बाढीले क्षति पु¥याएका पुल, नहर र सडक संरचनाको स्थायी समाधान नगरेसम्म यो सडकखण्डमा वर्षायामको समस्या दोहोरिने जोखिम कायमै रहने देखिएको छ । स्थानीयले संघ, प्रदेश र स्थानीय सरकार मिलेर जोखिमयुक्त स्थानमा स्थायी पुल तथा सुरक्षित सडक संरचना निर्माण गर्नुपर्ने माग दोहो¥याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.