×

वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ : शक्ति बस्नेत

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रियता, राष्ट्रिय हित र लोकतन्त्रका पक्षमा वामपन्थी शक्तिहरूले गर्दै आएका प्रयासलाई एकताबद्ध गर्न सके मात्रै त्यसले ठोस परिणाम दिन सक्ने बताए ।

उनले विगतमा वामपन्थी शक्तिका पहल र गतिविधि अलग–अलग हुँदा त्यसको परिणाम अपेक्षाअनुसार आउन नसकेको उल्लेख गरे ।

‘हामीले विभिन्न कोणबाट, विभिन्न ढङ्गले राष्ट्रियता, राष्ट्रिय हितको पक्षमा, लोकतन्त्रको पक्षमा योगदान गर्दै आयौँ। ती सबै कुराले हामीलाई सिकाएको छ,’ उनले भने ।

उनले वामपन्थी शक्तिहरूका सबै पहलकदमीलाई एकीकृत र एकताबद्ध रूपमा अघि बढाउँदा मात्रै उपलब्धि हासिल भएको बताए ।

‘जतिबेला हाम्रा पहलहरू अलग–अलग भए, हाम्रा गतिविधिहरू फरक–फरक भए, त्यसले परिणाममा व्यक्त हुन सकेन। जतिबेला हाम्रा सबै पहलकदमीहरूलाई एकीकृत ग¥यौँ, एकताबद्ध भएर प्रस्तुत ग¥यौँ, त्यतिबेला सबै प्रयत्नहरू उपलब्धिमा संश्लेषण हुन पुगे,’ उनले भने ।

बस्नेतले राजनीतिक शक्तिहरूले आफ्ना इच्छा र चाहनालाई सामाजिक जीवनको यथार्थसँग जोडेर अघि बढाउनुपर्ने धारणा पनि राखे ।

उनले भने, ‘कहिलेकाहीँ हाम्रा इच्छा र चाहनाहरू सामाजिक जीवनका यथार्थभन्दा अलि परतिर पुगे । त्यतिबेला हाम्रा प्रयासहरूले सफलता र उपलब्धिलाई भेट्न सकेनन्।’

उनले विगतका अनुभवबाट पाठ सिक्दै वामपन्थी आन्दोलनलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.