काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् ।
उनले कांग्रेसका लाखौँ नेता–कार्यकर्ताले वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको जिम्मेवारी लिने सपना बोकेर पार्टीमा योगदान गरिरहेको उल्लेख गर्दै सबैको साझा उद्देश्य जनताको सेवा र पार्टीको उद्देश्य पूरा गर्नु रहेको बताए ।
‘सबैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना मात्रै छैन । वडा सदस्य भएर पनि आफ्नो समाजमा सम्मान कमाउँदै जनताको समृद्धिमा काम गर्ने हजारौँ–लाखौँ नेता–कार्यकर्ता कांग्रेसमा छन्,’ उनले भने ।
महरले देशभरका नेता–कार्यकर्तासँग संवाद गरेको र करिब ६ हजारभन्दा बढी सुझाव तथा प्रतिक्रियाहरू प्राप्त भएको जानकारी दिए । उनका अनुसार कांग्रेसका अधिकांश नेता–कार्यकर्ता पार्टीलाई एकताबद्ध र सशक्त अवस्थामा देख्न चाहन्छन् ।
उनले कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको साझा घरको संज्ञा दिँदै घरभित्रका असमझदारीलाई संवाद र सहअस्तित्वबाट समाधान गर्नुपर्ने बताए ।
‘घरमा कहिलेकाहीँ असमझदारी हुन्छ, तर परिवारभित्र एकअर्काको सम्मान गर्दै अघि बढिन्छ। त्यही नै पार्टीको चरित्र पनि हो,’ उनले भने ।
महरले कांग्रेसमा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म सबैको योगदानलाई समेट्नुपर्ने बताए । उनले २००७ सालअघिको संघर्षदेखि पञ्चायतविरोधी आन्दोलन र पछिल्लो पुस्तासम्मका सबै विचार र सम्भावनालाई पार्टीले समेट्न नसके कांग्रेस कमजोर हुने चेतावनी दिए ।
राष्ट्रियता र वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीति अहिले झनै सान्दर्भिक बनेको बताए। देशमा सामाजिक, आर्थिक र राजनीतिक समस्या बढ्दै गएको उल्लेख गर्दै उनले जनतामा निराशा देखिएको दाबी गरे ।
‘व्यापारी, किसान, चिकित्सक, शिक्षक, विद्यार्थी सबै कुनै न कुनै समस्याबाट प्रभावित छन् । बेरोजगारीदेखि आर्थिक संकटसम्मका समस्या छन्,’ उनले भने ।
महरले विभाजित कांग्रेसले देशका चुनौती सामना गर्न नसक्ने भन्दै एकताबद्ध कांग्रेस आवश्यक रहेको बताए ।
‘खण्डित नेपाली कांग्रेसले सक्दैन, एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका ज्वलन्त समस्याको समाधान गर्न सक्छ,’ उनले भने ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.