×

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका हुन् । उनले धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ लामो समयदेखि सहअस्तित्वमा बाँच्दै आएको बताए ।

उनले भने, ‘नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश हो । धर्म भाषा जातजाति र सास्कृतीको भिन्नता बिचको हामी आपसी सम्मान सयुस्वत्रा र सद्भावका साथसँगै बाच्दै आएका छौँ ।’

उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको बताए ।

उनले भने, ‘विविधतामा एकतानै हाम्रो पहिचान सान र शक्ति हो । हात विशेष गरी पूर्व तराईका केही स्थानीहरुमा धार्मिक सदभामा खलल पुग्ने तथा डर त्रासका वातावरण सिर्जन गर्ने गतिविधि देखिने दुःखद विषय हो ।’

उनले पछिल्लो समय विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भाव खलल पुग्ने तथा सर्वसाधारणमा डर–त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताए ।

उनले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्य कसैको हितमा नरहेको उल्लेख गरे । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउने उनको भनाइ छ ।

आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न सबैलाई आग्रह गरे । साथै, एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सम्पूर्ण नागरिकको साझा दायित्व भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.