×

सगरमाथामा बदलिँदो जलवायु असर, अनुमति प्रणालीमा अनुभवलाई प्राथमिकता दिनुपर्ने सुझाव

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताएका छन् ।

शेर्पाले हाल सम्म ३१ पटक सगरमाथाको सफल आरोहण गसिकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको विशेष कुराकानीमा अनुभवी आरोही शेर्पाले हिमाली क्षेत्रको मौसम, हिउँ पर्ने समय र आरोहण मार्गमा देखिएका परिवर्तनले जोखिम बढाइरहेको बताएका हुन् । उनले सगरमाथामा आरोहण अनुमति संख्या मात्र सीमित गर्नुभन्दा अनुभवी र योग्य आरोहीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘सगरमाथाको शिखर आरोहणका लागि कति जनालाई अनुमति दिने भन्ने निश्चित संख्या म भन्न सक्दिनँ, तर अनुमति दिँदा अनुभव र योग्यतालाई बढी ध्यान दिनुपर्छ,’ उनले भने । उनका अनुसार युरोपको एल्ब्रुस, अमेरिकाको डेनाली र अफ्रिकाको किलिमन्जारो जस्ता हिमाल आरोहण गरिसकेका आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित बन्न सक्छ ।

पासाङ दावाका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । विगतमा मुख्यतः हिउँदमा हुने हिमपात अहिले सेप्टेम्बर र अक्टोबरजस्ता अफ सिजनमा हुन थालेको उनले बताए । ‘गत सिजन सेप्टेम्बर र अक्टोबरमा भएको भारी हिमपातले खुम्बु क्षेत्र र उच्च हिमाली भेगका जनजीवन प्रभावित बनायो । यसले आरोही र स्थानीय समुदाय दुवैमा डर बढाएको छ,’ उनले भने ।

उनले सन् १९९६ तिर पनि सेप्टेम्बर–अक्टोबरमा भारी हिमपात हुँदा हिमपहिरो र ठूलो क्षति भएको स्मरण गरे । सगरमाथा आरोहणका क्रममा आफूले विगत केही वर्षयता मार्गमा समेत ठूलो परिवर्तन देखेको पासाङ दावाले बताए । ‘५–६ वर्षअघि खुम्बु आइसफलको बाटो रोलाङतर्फबाट खुल्थ्यो, अहिले नुप्चेपट्टिबाट खुल्छ । आरोहण मार्ग परिवर्तन भएको छ,’ उनले भने ।

उनका अनुसार नुप्चेबाट खुलेको नयाँ मार्ग हुँदै माथिल्लो भागसम्म पुग्ने बाटो प्रयोग भइरहेको छ । हिमनदी पग्लिने क्रम बढ्दा बरफ कमजोर हुने, चिरा (क्रेभास) बढ्ने र आइस संरचना अस्थिर बन्ने समस्या देखिएको उनको भनाइ छ ।

अध्ययनहरूले पनि सगरमाथा क्षेत्रको हिउँको आवरण पछिल्ला दशकमा घट्दै गएको देखाएका छन् । तापक्रम वृद्धिसँगै हिमपातको समय, मात्रा र वर्षाको स्वरूपमा परिवर्तन आएको वैज्ञानिकहरूले बताएका छन् ।

सगरमाथामा आरोहीको संख्या वर्षेनी बढ्दै जाँदा भीड व्यवस्थापन र सुरक्षाको विषय पनि चुनौती बन्दै गएको छ । सन् २०२६ मा सगरमाथाका लागि अनुमति र राजस्व संकलन उच्च स्तरमा पुगेको बताइएको छ । यस वर्ष मात्रै सगरमाथा आरोहणका लागि करिब ५०० अनुमति जारी गरिएको थियो । पासाङ दावाका अनुसार अनुभवी आरोहीको सहभागिता बढाउँदा दुर्घटनाको जोखिम घटाउन सकिन्छ ।

‘सगरमाथा आरोहण गर्ने धेरैजसो आरोही अनुभवी हुन्छन्, तर अन्य उच्च हिमाल आरोहणको अनुभवले उनीहरूलाई अझ तयार बनाउँछ,’ उनले भने । नेपाल सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण शुल्कसमेत वृद्धि गरेको छ । सन् २०२५ फेब्रुअरी ३ मा जारी गरिएको पर्वतारोहण नियमावलीको छैटौं संशोधनले ८ हजार मिटरभन्दा अग्ला हिमालमा एकल आरोहण (सोलो एक्सपेडिसन) गर्न रोक लगाएको छ ।

नयाँ व्यवस्थाअनुसार वसन्त ऋतुमा नेपालको सामान्य दक्षिणी मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी आरोहीको रोयल्टी शुल्क प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर पुगेको छ । यसअघि यस्तो शुल्क ११ हजार डलर थियो ।

यस्तै, शरद ऋतुको शुल्क ५ हजार ५०० डलरबाट बढाएर ७ हजार ५०० डलर पु¥याइएको छ भने हिउँद र मनसुन मौसमको शुल्क २ हजार ७५० डलरबाट बढाएर ३ हजार ७५० डलर बनाइएको छ । नेपाली आरोहीका लागि पनि वसन्त ऋतुको सामान्य मार्गको रोयल्टी शुल्क ७५ हजार रुपैयाँबाट बढाएर १ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि नेपालतर्फबाट करिब ७ हजार आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखिसकेका छन् । तर, जलवायु परिवर्तन, बदलिँदो मौसम र बढ्दो आरोही चापका कारण विश्वकै अग्लो हिमालको भविष्यमा नयाँ चुनौती थपिँदै गएको आरोही तथा विज्ञहरूले बताउँदै आएका छन् । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.