×

बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग अवरुद्ध

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

बाजुरा । बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ।

सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन्। जोखिमको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले जोखिममा परेका नागरिकको सुरक्षित उद्धार गर्नुका साथै प्रभावित परिवारको सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ।

भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पनि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालन ठप्प भएका छन्।

बडिमालिका नगरपालिका–९ स्थित सेलागाड क्षेत्रमा घरमाथिबाट पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये तीन घरधुरी उच्च जोखिममा परेका छन् भने १३ घरधुरी जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उच्च जोखिममा रहेका तीन घरधुरीका घर बस्न नमिल्ने अवस्थामा पुगेका छन्। ती तीन घरधुरीमा २२ जना र अन्य १३ घरधुरीमा ८३ जना परिवारका सदस्य रहेका छन्।

त्यसैगरी, पहिरोका कारण राप्का क्षेत्रमा रहेको टोट्के सिँचाइ नहरको २०० एमएम क्षमताको २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएको छ। बाढी र पहिरोले धेरै खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्लामा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

डेढ सयभन्दा बढी बस्ती जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तहका करिब १५० बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्। बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका अधिकांश बस्ती जोखिममा रहेको उल्लेख गरिएको छ।

जिल्लाका १३५ भन्दा बढी गाउँबस्ती वर्षेनी बाढी र पहिरोको जोखिम झेल्दै आएका छन्। वर्षायाममा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने अवस्था रहेको छ।

उच्च जोखिममा रहेका बस्तीलाई विगत केही वर्षदेखि स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइए पनि हालसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। गत वर्ष बाढी–पहिरोबाट प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न करिब ६ करोड रुपैयाँ स्थानीय तहको खातामा पठाइएको थियो।

बाजुराको अधिकांश भूगोल भिरालो र पहिरोप्रवण भएकाले वर्षेनी प्राकृतिक विपद्को जोखिम दोहोरिने गरेको छ। एकीकृत बस्ती विकास र सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको काम प्रभावकारी रूपमा अघि नबढ्दा जोखिम झन् बढ्दै गएको सरोकारवालाको भनाइ छ।

कप्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विपद्सम्बन्धी पूर्वसूचना, जनचेतना, पूर्वतयारी तथा व्यवस्थित प्रतिकार्य योजनामार्फत जोखिम न्यूनीकरण गर्न सकिने बताए। उनले सबै जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गर्न सहज नभए पनि वर्षायाममा पूर्वसचेतना अपनाउने, आधिकारिक सञ्चार माध्यमबाट सूचना ग्रहण गर्ने र सतर्कता अपनाउने नै जनधनको क्षति कम गर्ने प्रमुख उपाय भएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.