×

के हेर्देछ, शुसासनको कुरा गर्नै सरकार ? बिचौलियाको कब्जामा, नेपाल आयल निगमको थानकोट डिपो

खालीपाना न्युजडेस्क | ११ घण्टा अगाडि

काठमाडौं, असार २९
सरकारले सबै सरकारी निकायहरु बिचौलिया मुक्त रहेको बताईरँदा सरकारकै स्वामित्व रहेको नेपाल आयल निगमको थानकोट डिपो भनै अझै बिचौलियाहरुको कव्जामा रहेको तथ्य सार्वजनिक भएको छ । निगमका थानकोट डिपो प्रमुख जगदीशचन्द्र यादव कै संरक्षणमा थानकोट डिपोमा बिचौलियाहरुको रजगज चल्ने गरेको हो ।
निगमले पेट्रोलियम पदार्थको बिक्री बितरण सबै अनलाईन सिस्टम मार्फत गर्ने गरेको छ । यसअघि नगदरुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दा रकम उठाउनको लागि बिचौलिया प्रयोग हुने गरेको थियो । तर अहिले सबै कारोबार अनलाईमार्फत हुने गरेपनि डिपो प्रमुख यादव कै निर्देशनमा ढुवानी भाडावापतको एक प्रतिशत कमिशन रकम उठाउनको लागि बिचौलियाहरुको प्रयोग भईरहेको निगम कै थानकोट डिपो कर्मचारी श्रोतले बताएको छ । निगमको देशभर रहेका डिपोहरु मध्येमा सबै भन्दा बढी कारोबार हुने डिपो अमलेखगञ्ज र त्यसपछिको दोस्रो थानकोट डिपो हो । कर्मचारी श्रोतका अनुसार थानकोट डिपोबाट काठमाडौं उपत्यकामा एक सय ७० वटा पेट्रोल पम्ममा तेल जाने गरेको छ । डिपो प्रमुख यादब कै निर्देशनमा एउटा पम्पबाट ढुवानी भाडावापत एक प्रतिशतका दरमा मासिक १० हजार रुपैंयाँ कमिसन उठाउने गरिएको छ । थानकोट डिपोमा ढुवानी भाडावापत प्रत्येक महिना १२ देखि १५ करोड रुपैंयाँ खर्च हुने गरेको छ । यसको एक प्रतिशत मात्र कमिसन उठाउँदा प्रत्येक महिना १० देखि १५ लाख रुपैंयाँसम्म कमिसन उठ्ने गरेको छ ।
कर्मचारी श्रोतका अनुसार यसरी कमिशन उठाउनको लागि बिचौलियाहरु थानकोट डिपो देखि हेड अफिससम्म क्रमशः हेम बराल, सरोज सापकोटा, श्याम श्रेष्ठ, अर्जुन एैडी र अमित भन्ने एक व्यक्ति रहेका छन् । त्यसमध्ये पनि थानकोट डिपोमा एक प्रतिशत कमिशन उठाउने व्यक्ति बिष्णु दाहाल र पाण्डव बिक रहेको श्रोतको भनाई छ । श्रोतका अनुसार दाहाल र बिकले प्रत्येक महिना एक तारिखका दिन गाडि लिएर उपत्यकाका सबै पम्पमहरुमा कमिसन उठाएर ल्याउने र त्यो रकम डिपो प्रमुख यादवकै निर्देशनमा भागबण्डा गर्ने गरेका छन् । श्रोतका अनुसार बिचौलिया र थानकोट डिपो प्रमुख यादव बसेर उपत्यकाका कुन पम्पलाई कति तेल दिने निर्णय गर्ने र त्यही आधारमा तेल सप्लाई गर्ने गरिएको छ । श्रोतका अनुसार यसरी यो समुहले कमिसन बापत उठाएको पैसा पहिला मन्त्री र सचिवसम्म जाने गरेको थियो । तर अहिले भने यो रकम सहसचिवसम्म जाने गरेको छ, श्रोत भन्छ ।
थानकोट डिपोमा कार्यरत रहेका ९९ प्रतिशत कर्मचारी राजनीतिक पहुँचका आधारमा सरुवा र नियुक्ती भएका र ति कर्मचारीहरु नियमविपरित पछिल्लो १० बर्षदेखि नैं एउटै डिपोमा कार्यरत रहेको दावी पनि श्रोतले गरेको छ । श्रोतका अनुसार थानकोट डिपो प्रमुख यादव पनि तत्कालीन निगम प्रमुख सुरेन्द्र पौडेलको पालामा तेल मिसावट गरी बिक्री वितरण गरेको अभियोगमा कारवाहीस्वरुप सरुवा भएका व्यक्ति हुन । पछिल्लो समय उनी थानकोट डिपोमा सरुवा हुनुको पछाडि पनि नेपाली काँग्रेसका नेता अर्थात शेरबहादुर देउवाका नातेर भानु देउवाको पहुँचको आधारमा उनी त्यहाँ सरुवा भएका हुन । सरुवा भएदेखि नैै उनी कमाउ धन्दामा लागेको कर्मचारी श्रोतको दावी छ ।
श्रोतका अनुसार बिचौलिया हेम बराल पनि नाकावन्दीको समयमा आम्दानीको श्रोत देखाउन नसकेर एक पटक जेलमा बसेर फर्केका व्यक्ति हुन । जेल बसेर फर्केपछि पनि उनको काम भनेको आयल निगममा बिचौलियाकोरुपमा रहेको कर्मचारी श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.