काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित भएका छन् ।बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो ।
बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यक्रमका लागि हालसम्म ५६ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिए ।
उनले परियोजना निर्माणका क्रममा अनुमानित लागत १ खर्ब ३० अर्ब रुपैयाँ रहे पनि विभिन्न कारणले अपेक्षित बजेट प्राप्त हुन नसकेको बताए ।
उनका अनुसार कार्यक्रमको समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ । कार्यक्रमअन्तर्गत २१ वटा सुपर जोन, ३ सय वटा जोन, १ हजार ५ सय वटा ब्लक र १५ हजार वटा पकेट क्षेत्र निर्माण गर्ने लक्ष्य राखिएको थियो ।
‘सुपर जोन र ब्लकको प्रगति लक्ष्यभन्दा राम्रो छ । तर जोन र पकेट क्षेत्रको संख्या भने अपेक्षित रूपमा पु¥याउन सकेका छैनौँ,’ श्रेष्ठले भने ।
उनले कार्यक्रमबाट २२ लाख ७६ हजार रोजगारी सिर्जना भएको तथ्यांक प्रस्तुत गरे । जसमा करिब २ लाख ५० हजार पूर्ण रोजगारी र २० लाखभन्दा बढी आंशिक रोजगारी सिर्जना भएको उनको भनाइ थियो ।
नीति अनुसन्धान प्रतिष्ठानको अध्ययनअनुसार कार्यक्रमले वार्षिक करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीबाट बजारमा १७ अर्ब ५० करोड रुपैयाँ बराबरको मौद्रिक आय सिर्जना गरेको श्रेष्ठले जानकारी दिए ।
उनले आयोजनाको आन्तरिक प्रतिफल दर २० प्रतिशतभन्दा बढी रहेको भन्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले पकेट र ब्लकले खाद्य सुरक्षा तथा स्थानीय बजार आपूर्तिमा सहयोग गर्ने र जोन तथा सुपर जोनले उत्पादनलाई उद्योग, रोजगारी र बजारसँग जोड्ने उद्देश्य राखिएको बताए ।
कार्यक्रमले धान, गहुँ, मकै, तरकारी, आलु, सुन्तला, स्याउ, अलैँची, माछालगायत १८ वटा बाली तथा वस्तुलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए । यी वस्तुलाई खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका तीन आधारमा अघि बढाइएको उनको भनाइ थियो ।
निर्देशक श्रेष्ठले कृषि यान्त्रीकरणमार्फत किसानको लागत २५ देखि ३५ प्रतिशतसम्म घटाउन सहयोग पुगेको बताए । कार्यक्रमबाट ६० हजारभन्दा बढी साना–ठूला कृषि उपकरण किसानसम्म पु¥याइएको उनले जानकारी दिए ।
त्यस्तै, कार्यक्रमअन्तर्गत ९४ वटा बीउ स्रोत केन्द्र, ३०६ वटा संकलन केन्द्र, ६३ वटा भण्डारण गृह, ९० वटा साना चिस्यान केन्द्र र तीन वटा ठूला कोल्ड स्टोरेज सञ्चालनमा रहेको उनले बताए ।
उनले कृषि अनुसन्धान, शिक्षा र प्रसार प्रणालीलाई जोड्न प्रत्येक वर्ष करिब ६ सय जना कृषि विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरिएको जानकारी दिए । साथै, कृषि बीमा, आयातित बीउको गुणस्तर नियन्त्रण, अनुदान व्यवस्थापन र सार्वजनिक खरिद ऐनका कारण देखिएका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।
बैठकमा समिति सदस्य सागर ढकालले कृषि क्षेत्रको विकासका लागि सरकारको प्राथमिकता उत्पादनमुखी उद्योग र किसानमैत्री नीति निर्माण हुनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीदेखि संसद् र समितिसम्म सबै तहले कृषि अनुसन्धान, उत्पादन वृद्धि र उद्योग प्रवद्र्धनका लागि स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताए ।
‘हामीले उद्योगीलाई नियम कानुन बनाउने, अनुसन्धानमा सहयोग गर्ने र उत्पादन वृद्धि गराउने वातावरण बनाउने हो । त्यसैले हाम्रो पहिलो प्राथमिकता उद्योग हुनुपर्छ,’ ढकालले भने ।
उनले कृषि समितिले आगामी दिनको कार्यदिशा स्पष्ट बनाएर कृषि क्षेत्रको दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.