×

डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलमा आइतबार जेनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करीविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

बिहान ११ः ३० बजेदेखि दिउँसो १२ बजेसम्म विभिन्न प्लेकार्ड र नाराबाजीसहित आयोजित उक्त प्रदर्शनमा युवा अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रदर्शनकारीहरूले पीडित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने र यस अवैध कार्यमा संलग्न डाक्टरहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।

‘होप फर्टिलिटी’ लगायतका केन्द्रहरूमा डिम्ब तस्करीमा संलग्न चिकित्सकहरूको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनमा डिम्ब तस्करीविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका युवा अभियन्ता किरण बिक अनुसार पहुँच र शक्तिको दुरुपयोग गरेर अपराधी उम्काउन खोजिएकाले प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले गम्भीर आरोप लगाउँदै पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराल सरकारमा महान्यायाधिवक्ता नियुक्त भएपछि शक्तिको दुरुपयोग गरी आफ्नो मुद्दा आफैँ खारेज गराएको दाबी गरेका छन्।

बिकले डिम्ब तस्करीमा संलग्न पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराल र संलग्न डाक्टरहरूमाथि फौजदारी अभियोग दर्ता भई कानुनी कारबाही अघि नबढेसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.