×

भौतिक पूर्वाधारसँगै शिक्षामा लगानी आवश्यक छ : सांसद मगर

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सासद इन्दिरा राना मगरले वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले स्थानीय तह तथा जिल्लाबीचको पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकालाई जोड्ने पुल निर्माण गर्नु विकास भएको बताइन् ।

उनले भनिन्, ‘वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले एक जिल्लाबाट अर्को जिल्लामा जोड्ने, एउटा पालिकाबाट अर्को पालिका जोड्ने एकदमै सिर्जनात्मक तरीकाले निर्णय गरेको छ । यसलाई म समर्थन गर्न चाहन्छु । पहिला त्यस्तो थिएन । एउटा पालिकाबाट आर्को पालिकाम जोड्ने पुल निर्माण गर्नु भनेको विकास हो । त्यो पनि एउटा समृद्धि हो ।’

उनले भौतिक पूर्वाधारसँगै शिक्षामा लगानीको महत्व औँल्याउँदै बालबालिकामाथिको लगानी दीर्घकालीन राष्ट्र निर्माणको आधार हुने बताइन् ।

विद्यालयहरूमा शिक्षक दरबन्दीको समस्या अझै कायम रहेको बताउदै उनले करारमा कार्यरत शिक्षकहरू न्यून तलबमा काम गर्न बाध्य भएको बताइन् । पाँच सय विद्यार्थी अध्ययनरत विद्यालयमा सीमित शिक्षक दरबन्दी हुँदा गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने बताइन् ।

उनले भनिन्, ‘हामी ठूला भवनका लागि लगानी गर्छौ, तर लगानी बालबालिकाको लागि गर्दनौं । हरेक विद्यालयमा एउटा दरबन्दी छ । करारमा बसेकाहरू १५ हजार २० हजारमा तलब खाएर बसेका छन् । ५ सय जना विद्यार्थी भएको ठाउँमा २३ जना दरबन्दी छ भने कसरी पाँच सय जना विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्छौँ । त्यसैले विद्यालयमा हामीले लगानी गर्नु पर्दछ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.