×

क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

खालीपाना न्युजडेस्क | २ दिन अगाडि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावका कारण उपचारमा गम्भीर समस्या भोग्नुपरेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसअघि सदनमा विषय उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी प्राप्त भए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिरहेको बताइन्।

‘आज पनि देशभरका बिरामी तथा उनीहरूका परिवारजनले सिस्प्लाटिन नपाएको गुनासो गरिरहेका छन्। हिजो मात्र भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गर्नुभएको थियो,’ उनले भनिन्।

सांसद थपलियाले स्वास्थ्यमन्त्रीसँग तीनवटा प्रश्न राख्दै हाल सिस्प्लाटिन कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ भन्ने जानकारी तत्काल सार्वजनिक गर्न माग गरिन्। साथै सिस्प्लाटिन र कार्बोप्लाटिनजस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव दोहोरिन नदिन सरकारको तत्कालीन तथा दीर्घकालीन योजना के छ भन्नेबारे स्पष्ट पार्न आग्रह गरिन्।

उनले मन्त्रीले निर्देशन दिएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म भएको प्रगति र त्यसबाट औषधिको आपूर्तिमा कहिलेदेखि सुधार आउने भन्ने विषयमा पनि जानकारी दिन माग गरिन्।

‘बिरामीहरूले अत्यावश्यक औषधि सहज रूपमा पाउने सुनिश्चितताबारे मन्त्रीज्यूले यस सम्मानित सदनलाई स्पष्ट जानकारी गराइदिनुहोस्,’ उनले भनिन्, ‘बिरामीको जीवनसँग खेलवाड नगर्न म सरकारसँग आग्रह गर्दछु। मन्त्रीज्यूले निर्देशन दिने मात्र होइन, बिरामीले औषधि प्राप्त गरे कि गरेनन् भनेर सम्बन्धित निकायहरूमा बुझ्न पनि अनुरोध गर्दछु।’

सांसद थपलियाले क्यान्सरजस्ता गम्भीर रोगका बिरामीहरूको उपचारमा आवश्यक औषधिको अभाव हुनु चिन्ताजनक विषय भएको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.