काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिएका छन् ।
उनले कानुनी दायरा र मापदण्डभित्र रहेर सञ्चालन भएका कुनै पनि व्यवसाय वा लगानीलाई राज्यले नियन्त्रण नगर्ने पनि स्पष्ट पारे ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गतको प्यानल डिस्कसनमा बोल्दै सहसचिव सापकोटाले निजी क्षेत्रलाई कानुनी परिपालनामा प्रतिबद्ध रहन आग्रह गरे ।
‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल बहसमा बोल्दै सापकोटाले नेपालको संविधानमा माध्यमिक शिक्षालाई निःशुल्क गर्ने राज्यको आकांक्षा भए पनि व्यवहारमा नागरिकको रुचि र देशको शिक्षा प्रणालीको आवश्यकताका कारण शिक्षामा निजी लगानी रहेको बताए।
शिक्षा क्षेत्रमा सरकारको लगानी मात्रै पर्याप्त नभएकाले हाल सरकार र निजी क्षेत्र साझेदारीकै रूपमा अगाडि बढिरहेको उनले उल्लेख गरे।
सहसचिव सापकोटाले भने, ’हाम्रो संविधानमा माध्यमिक शिक्षा निःशुल्क गर्ने आकांक्षा छ। तर, शिक्षा प्रणाली र नागरिकको रुचिका कारण शिक्षामा निजी लगानी पनि रहेको छ। अहिले हामी निजी र सरकारी क्षेत्रको साझेदारीकै रूपमा रहेका छौँ। शिक्षामा निजी लगानीलाई निरन्तरता दिँदै यसलाई सेवा प्रणालीमा रूपान्तरण गर्न साझेदारीको विकास आजको आवश्यकता हो।’
सापकोटाले विद्यालय सञ्चालन गर्ने जुनसुकै निकाय भए पनि बालबालिकाप्रतिको जवाफदेहिता र सामाजिक जवाफदेहितालाई सँगै लिएर जानुपर्नेमा जोड दिए ।
त्यस्तै, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष युवराज शर्माले स्पष्ट ऐन, नियम र कानुनको अभावमा राज्यले निजी क्षेत्रलाई लखेट्ने काम गरिरहेको आरोप लगाए ।
शर्माले देशको शिक्षा क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदान र वर्तमान अवस्थाको बिचित्र चित्र प्रस्तुत गरे ।
उनका अनुसार हाल देशभर करिब ८ हजार निजी शैक्षिक संस्थाहरू सञ्चालनमा छन्, जहाँ निजी क्षेत्रको ५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने ३ लाखभन्दा बढी नागरिकले रोजगारी पाएका छन् ।
२०५० को दशकमा राज्यकै नीतिअनुसार निजी विद्यालयहरूलाई कम्पनी ऐनअन्तर्गत लगिएको स्मरण गर्दै उनले अहिले आएर राज्यले उचित संरक्षण दिन नसकेको बताए ।
शर्माले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारी र निजी क्षेत्र दुवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.