काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।
महानगरले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता वृद्धि गर्दै आधुनिक र प्रविधिमैत्री सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । साथै, आरोग्य जीवनशैली प्रवद्र्धनका लागि आयुर्वेद, योग, व्यायाम, प्राणायाम तथा ध्यान कार्यक्रमलाई समेत विस्तार गरिने भएको छ ।
निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सुरु गर्ने योजना पनि अघि सारिएको छ ।
महानगरवासीको मृगौला रोग उपचारका लागि डायलसिस सेवा सहजीकरण गरिनेछ भने मातृ, शिशु तथा प्रजनन स्वास्थ्यलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने नीति रहेको छ । सार्वजनिक स्थानमा स्तनपान तथा हेरचाह कक्ष (ब्लक) को व्यवस्था पनि गरिनेछ ।
स्वास्थ्य संस्थाहरूको गुणस्तरीय सेवा सुनिश्चित गर्न नियमन र अनुगमन कडा बनाइनेछ । विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार सेवा लागू गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने महानगरले जनाएको छ।
यसैगरी, महानगर अस्पताल निर्माण गर्ने योजना पनि अघि सारिएको छ । मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइने छ।
ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, नियमित स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.