×

कर्णाली छोरी सम्मेलनबाट १० बुँदे घोषणापत्र जारी

खालीपाना न्युजडेस्क | २ दिन अगाडि

सुर्खेत । शनिबारदेखि सुर्खेतमा जारी ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

श्री ज्योति फाउन्डेसनले आयोजना गरेको सम्मेलनमा कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको हो । सम्मेलनले लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा बहस र छलफल छ ।

सम्मेलनले कर्णालीमा बाल विवाह, लैङ्गिक विभेद, कुप्रथालगायतका विभेदहरू कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्षसहित यस्ता प्रथाहरू अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवम् कार्य योजना निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ ।

महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ, प्रदेश र स्थानीय कानुनहरूको पूर्ण कार्यान्वयन गर्नुपर्ने, विद्यालय तथा सामुदायिक संस्थाहरूमा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्नुपर्ने माग सम्मेलनले गरेको छ ।

त्यस्तै छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र ७९ ओटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न र सञ्चालनमा रहेका कार्यक्रमहरूलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउनुपर्ने, सामुदायिक र संस्थागत विद्यालयहरूमा गुणस्तरीय एवम् समावेशी भौतिक संरचना निर्माण गर्न र प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधार गर्न माग गरिएको छ ।

विद्यालय एवम् समुदाय स्तरमा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचना केन्द्र तथा सेवाहरू र जीवनोपयोगी सीप एवम् रूपान्तरणकारी शिक्षा प्रवद्र्धन गर्न, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणका लागि तत्काल पहल गर्न र पठनपाठनको प्रभावकारी प्रबन्ध गर्न, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदाय स्तरमा प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्न सम्मेलनले माग गरेको छ ।

कर्णालीका ७९ वटै स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागितामा सम्मेलन भएको थियो । कर्णालीका १० वटै जिल्लाका छोरीहरूबिच जिल्लागत रूपमा ‘छोरीका मनका कुरा’ शीर्षकमा जिल्लामा छोरीहरूको अवस्थाबारे छलफल गरिएको थियो ।
अधिकांश छोरीहरूले अझै पनि समाजमा छोरीमाथि हेर्ने व्यवहारमा रूपान्तरण हुन नसकेको, लैङ्गिक विभेदको सामना गर्नु परेको, बालविवाह, छाउपडी लगायतका कुप्रथाले कर्णालीका छोरीहरूलाई अन्धकारमा धकेलेको लगायतका विषयमा चर्चा गरेका थिए ।

छोरीहरू अहिले पनि अवसरसँगै आधारभूत अधिकार वञ्चित हुनु परेको उनीहरूको निष्कर्ष छ । समाजमा व्याप्त विभेद, महिलामाथि हेर्ने दृष्टिकोण, शिक्षा, स्वास्थ्यका क्षेत्रमा छोरीले भोग्नु परेका समस्या लगायतका विषयमा राज्यको ध्यानाकर्षण गराएका छन् ।

कर्णालीमा बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायतका विभेदहरू कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेकोले छोरीको सशक्तीकरणका लागि भएका नीति र कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने छोरी सम्मेलनमा सहभागीहरूले बताएका छन् ।
सम्मेलनमा शासनको बागडोरमा छोरी, प्रेरणाका प्रतिविम्ब, ज्ञानको उज्यालोमा छोरी, आवाज विहीनहरूका आवाज जस्ता शीर्षकमा स्थानीय तहको नेतृत्वमा पुगेका महिला राजनीतिज्ञ, प्रशासनिक निकायको माथिल्लो तहमा पुगेका तथा पत्रकारिता क्षेत्रमा सक्रिय महिलाहरूबिच बसह गरिएको थियो । जसमा उनीहरूले आफ्नो संघर्ष, त्याग र आ–आफ्नो समयको सामाजिक चेतका बारेमा जानकारी गराएका थिए ।

कर्णालीका ७९ स्थानीय तहबाट २÷२ जना बालिकाको र लोपोन्मुख राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका झन्डै २ सय ५० छोरीहरू सहभागी हुने र कार्यक्रममा कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.