×

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ छानबिन आयोग गठन गर्न केसीको माग

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गर्न तथा भदौ २४ गते भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन समय माग्नु सकारात्मक र लोकतान्त्रिक अभ्यास भएको बताए। यद्यपि संसद्को स्थापित नियम, प्रक्रिया र पद्धतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले त्यसलाई बाइपास गर्न नहुने बताए।

‘आज बडो नाटकीय ढङ्गले प्रधानमन्त्री प्रश्नोत्तरका लागि संसदमा आफैं उभिएर समय माग्नुभएको छ। विकसित देशहरूमा पनि प्रधानमन्त्रीले यस्तो अभ्यास गर्ने गर्छन्। यसलाई म सकारात्मक र लोकतान्त्रिक प्रक्रियाकै एउटा अंग मान्छु,’ उनले भने, ‘तर नियम, प्रक्रिया र पद्धतिलाई निरन्तरता दिनुपर्छ, त्यसलाई बाइपास गर्न मिल्दैन।’

केसीले आफूले यसअघि शून्य समयमा पनि उठाएको विषय स्मरण गराउँदै जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटनापछि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन हालसम्म औपचारिक रूपमा सार्वजनिक नभएको बताए।

उनले उक्त प्रतिवेदनको सारांश अनौपचारिक रूपमा सार्वजनिक भए पनि पूर्ण प्रतिवेदन औपचारिक रूपमा प्रकाशन गरी संसदका सबै सदस्यलाई उपलब्ध गराउनुपर्ने माग गरे।

सांसद केसीले भदौ २४ गते देशमा अत्यन्तै विध्वंसात्मक घटना भएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

‘२४ गते देशमा अत्यन्त विध्वंसात्मक घटना घट्यो। त्यसको छानबिनका लागि निष्पक्ष आयोगको गठन तत्काल गर्न म प्रधानमन्त्रीसँग अनुरोध गर्छु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.