×

महिना दिनसम्म पनि श्रीकृष्ण विकले पाएनन् न्याय, आमा विन्दमया माइतीघर धर्नामा

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं । श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्न खोज्नुले राज्यको बदनियत भएको आरोप लगाएकी छन् । मंगलबार काठमाडौंमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा विश्वकर्माले प्रहरीको हिरासतमा हत्या गरिएको दबी गर्दै दोषि बचाउने षड्यन्त्र भएको जिकिरसमेत गरेकी छन् ।
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमायाले एक महिना वितिसक्दा पनि आफूले न्याय नपाएको भन्दै राज्यको नियतमाथि प्रश्न गरेकी छन् ।
एकमहिनादेखि माइतिघर माण्डलामा धर्ना बस्दैगर्दा आत्महत्या भएको पोष्टमार्टम रिपोर्ट भन्ने हल्लाले झनै पीडा भएको विन्दमायाले बताईन् । ‘छोराको न्यायको लागि झरीमा भिज्दै गुहार माग्दै गर्दा, अब त न्याय ‘आकाशको फल आँखा तरी मर’ जस्तैः पो भयो, अब म कहाँ जाउँ ।’
‘ड्युटीमा खटिएका प्रहरीलाई निलम्बन गरियो भन्ने सुनिन्छ, मेरो छोराको हत्या गरे, के उनिहरुलाई निलम्बन गरेर मात्रै पुग्छ,’ विन्दमायाले प्रश्न गरिन् ।
जेनजी यूनाइटेडका संयोजक जनक परियारले घटना भएको एक महिना वितिसक्दा पनि पीडितले न्याय नपाउनु दुःखत विषय भएको बताए । ‘एकातिर हत्यालाई आत्महत्यामा प्रमाणित गर्ने कोशिष हुँदैछ, अर्कातिर घटना प्रतिवेदन सार्वजनिक गर्न ढिलाईले निकै आशंका पैदा भएको छ’, परियारले भने ।
श्रीकृष्ण विक जस्तै हजारौं युवाहरु कथित जात व्यवस्थाको जाँतोमा पिसियर मर्नुपर्ने अवस्था रहेको बताउँदै परियारले प्रश्न गरे, ‘के दलितहरुको ज्यान सस्तो छ, के राज्यको ऐन–कानुन ठूलाको संरक्षणका लागि मात्रै हो ?’
वर्तमान सरकारले ऐन–कानुनलाई लत्याउँदै अघि बढेर जनविरोधी कार्य गर्न उद्दत रहेकोप्रति परियारले आक्रोश व्यक्त गरे ।
‘संसद छलेर अध्यादेश ल्याउने, सांसदहरुको प्रश्नहरुको जवाफबाट प्रधानमन्त्री भागेर हिंड्ने, सर्बोच्चको आदेशलाई लत्याएर सुकुम्बासी बस्तीमा डोजर चलाउने आखिर यो सरकार कता जाँदैछ,’ परियारले प्रश्न गरे ।
श्रम–संस्कृति पार्टीका युवा नेता निर्मल परियारले श्रीकृष्ण विकको हत्या, चितवनका सुजन विककी श्रीमतिको अस्पतलमा डाक्टरको लापरबाहीले गर्दा मृत्यु जस्ता प्रकरणमाथि राज्य मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । सरकारले गैरन्यायीक तबरबाट सुकुम्बासी बस्ती हटाएको भन्दै सरकारविरुद्ध संघर्ष गर्नुपर्नेमा परियारको जोड छ । परियारले देशका पुराना सबै दलहरु असफल भइसकेकाले आफ्नो पार्टी र अध्यक्ष हर्क साम्पाङ राईको विकल्प नरहेको जिकिरसमेत गरे ।
रामराज्य परिषद्का अध्यक्ष जगत बहादुर थापाले देशमा आजको समयमा पनि जातिय विभेदका कारण श्रीकृष्ण विक जस्तै युवाहरुले अकालमा ज्यान गुमाउनु परेको बताए । थापाले घटनाको निष्पक्ष छानविन गरेर दोषिलाई तत्काल कारबाही तथा पीडितलाई न्याय दिनुपर्ने माग गरे ।
सामाजिक अभियान्ता उमेश रम्तेलले महिना दिनसम्म पनि मृतकको परिवारले लास नबुझेको अवस्थामा राज्यले वास्तविकता लुकाएको आरोप लगाए ।
‘आत्महत्या गरेको भनेर ‘पोस्टमार्टम’ रिपोर्ट आएको छ, रास्वपा सांसद खगेन्द्र सुनार न्याय दिन्छु भनेर परिवारलाई झुटो अस्वासन बाँढेका छन्, अव कसरी न्याय हुन्छ,’रम्तेलले प्रश्न गरे ।
‘यस्तो अवस्थामा अब हामीले रास्वपा पार्टी कार्यालय कि बालुवाटारमा धर्ना दिने, अब पनि राज्यले सुनेन भने भोलिदेखि सिंहदरबारमा जेनजी युनाइटेडको नेतृत्वमा धर्ना दिननपरोस,’ रम्तेलले आक्रोश व्यक्त गरे ।
जेनजी स्मृति राईले वर्तमान सरकार संविधान भन्दामाथि जस्तै भएर अगाडि बढेको भन्दै संघर्षलाई जोड दिनुपर्ने बताईन् ।
वैदिक सनातन स्वतन्त्र साधु भोला अधिकारीले देशमा विदेशी धर्मसंस्कृतिको प्रभावले देश विग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्र राष्ट्रियता स्वतन्त्र बचाउ अभियानका विष्णु सिं डंगोलले पीडितले तत्काल न्याय पाउनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.