×

ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी सल्किँदै नसर्ने रोगको आगो

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

रामेछाप । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म अझ जीवन भरी नै उपचार गर्नु पर्ने र औषधि खानु पर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी भयङ्कर रूपमा फैलिएको छ ।

विलासी जीवन र खानपानको कारण देखिने भनिएका यस्ता रोगहरू ग्रामीण भेगका विपन्न नागरिकहरूमा पनि निक्कै बढेको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा यस्ता रोगका बिरामीहरू ठुलो सङ्ख्यामा देखिन लागेका छन् । यसमा उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरूको सङ्ख्या निक्कै रहेको छ । त्यस्तै बाथ, नसा सम्बन्धी समस्या तथा पक्षघातका बिरामीहरू समेत निक्कै देखिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए ।

५० जनाको जाँच गर्दा कम्तीमा ५ जनामा उच्च रक्तचाप र मधुमेहका मात्र अत्यन्त बढी देखिने गरेको कार्कीले बताए । ती मध्ये अधिकांशले यस अघि जाँच नगरेको र औषधि पनि नखाएको पाइनुले अवस्था निक्कै जटिल रहेको उनको भनाइ छ ।

चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार कतिपय कुनै पनि औषधि नखाएका र यस अघि जाँच समेत नगाएका मानिसहरूमा ५ सय भन्दा बढी सुगरको मात्र देखिएको छ । खाना खाएपछि रगतमा चिनीको सामान्य स्तर १४० मिलिग्राम÷डीएल भन्दा कम हुनुपर्छ । यदि यो १४० देखि १९९ मिलिग्राम÷डीएलको बीचमा छ भने यो प्रि–डाइबिटिजको लक्षण हुनसक्छ । तर खाना पछि २०० मिलिग्राम÷डीएल वा सो भन्दा बढी छ भने यसलाई मधुमेह मानिन्छ ।

शरीरले इन्सुलिनको उचित प्रयोग गर्न नसकेमा वा शरीरमा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्दा यो अवस्था आउन सक्छ ।
खाँडादेवी गाउँपालिका–४ रजगाउँमा केही दिन अघि आयोजना गरिएको शिविरमा एकजनामा ५ सय २४ मिलिग्राम÷डीएल चिनीको मात्रा देखिएको उनले बताए । अन्य केहीमा समेत ४ सय भन्दा बढी चिनीको मात्र देखिएको चापागाईँले जानकारी दिए । चिकित्सालयले साप्ताहिक रूपमा सञ्चालन गर्ने शिविरमा पनि मधुमेहको समस्या भएका धेरै मानिसहरू फेला पर्ने गरेका उनले बताए ।

मधुमेहको समयमा नै उपचार नगर्दा सबैभन्दा बढी असर आँखामा पर्ने चिकित्सालयका डा उत्तम गरैले बताए। यसले नशामा असर गरी नसा नै फुट्ने, हर्ट एट्याकको जोखिम, मिर्गौला फेल गराउने लगायतका समस्या हुने उनको भनाइ छ।
ग्रामीण बस्तीमा उच्च रक्तचापको समस्या पनि अधिक देखिएको छ । सामान्यता १२०÷८० एमएम एचजी हुनु पर्ने रक्तचाप कतिपयमा १८०÷१३० एमएम एचजीसम्म देखिएको चिकित्सालयले जनाएको छ । त्यसरी रक्तचाप बढेका कतिपयले हालसम्म औषधि नै नखाएका तथा औषधि खाइरहेकाको समेत रक्तचाप नियन्त्रण नभएको पाइएको छ । रक्तचाप र मधुमेहको समस्या युवादेखि ज्येष्ठ नागरिकसम्ममा देखिएको छ ।

उच्च रक्तचापले धमनीहरूमा रगतको दबाबलाई असामान्य रूपमा बढाइ शरीरका विभिन्न अङ्गहरूमा दीर्घकालीन असर गर्न सक्छ । यसले हृदयाघात, मस्तिष्कघात, मिर्गौलाको समस्या र अन्य गम्भीर रोगहरूको जोखिम धेरै नै बढाउँछ।
जाँचका क्रममा युरिक एसिड, नसा, जोर्नीहरू दुख्ने तथा छालाका रोगीहरू पनि ग्रामीण भेगमा धेरै पाइएका छन् । त्यस्तै ग्यास्ट्रिकका बिरामीको संख्या पनि अधिक पाइएको डा. गैरेले बताए।

खानपानमा ध्यान नदिने, शारीरिक अभ्यास घट्दै जानु, कृत्रिम तथा विभिन्न खालका पेय पदार्थहरू अधिक सेवन, व्यवहारमा परिवर्तन, तनाव लगायतका कारणले यस्ता रोग बढ्दै गएका र यसको निदानका लागि खानपान र जीवनशैली व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको चिकित्सालयकी डा. सविता भण्डारी बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.