×

लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयलाई सुझाव

खालीपाना न्युजडेस्क | २० घण्टा अगाडि

यौनिक तथा लैङ्गिक सीमान्तकृत समूदाय अर्थात् ‘एलजीविटीक्यूप्लस’लगायतलाई हिजोआज ‘क्वयेर’ पनि भनिन्छ । नेपालमा यो समुदायका व्यक्तिहरू अढाई दशक यता स्वतन्त्रता र समानताको आन्दोलनमा छन् । नेपालमा पनि महिला र पुरुषबाहेक फरक–फरक यौनिकता भएका व्यक्ति वा यौन अभिमूखिकरण भएकाहरुको अलग्गै पहिचान छ भन्ने सामान्य नागरिकलाई मात्र नभइ जिम्मेवार निकाय पनि जानकार छैनन् । तथापी, राज्यका औपचारिक संरचनाभित्र लामो समयदेखि अदृश्यजस्तै बनाइएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पहिलो पटक मन्त्रालयकै नाममार्फत प्रत्यक्ष स्वीकार गरिनुलाई स्वागतयोग्य ठानिएको छ ।
हुनत, नेपालमा फरक यौनिकता भएका समूदायका व्यक्तिहरूको यकिन तथ्यांक छैन । तर राष्ट्रिय जनगणना २०७८ अनुसार अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या दुई हजार नौ सय २८ देखिएको छ । जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन आउँछ । तर कतिपय अध्ययनहरूले नेपालको कूल जनसंख्याको ८ देखि १० प्रतिशत यस्तो खालको लैङ्गिक पहिचान भएका व्यक्तिहरू रहेको अनुमान गरेको छ ।
महिला र पुरुषभन्दा भिन्न यौनिकता भएका व्यक्तिले नेपाली समाजमा अपमानित हुनुपरेको घट्नाको लामो फेहरिस्त छ । पितृसत्तात्मक सोच र परम्परागत संस्कारका कारण यी समुदायका व्यक्तिले लामो समयदेखि अपमानित हुनुपरेको हो । यसका लागि सामाजिक संघ संस्था र नागरिक समाजले विभेद अन्त्यको दुई दशकअघिदेखि संचालन गरेको अभियानले सामान्य भएपनि सार्थकता पाएको छ ।
‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ नामकरणलाई नेपालको राज्य संरचनाभित्र समावेशी मान्यताको ऐतिहासिक मोडका रुपमा मान्न पनि सकिन्छ । मन्त्रालयको नयाँ नामले राज्यको सोच, राजनीतिक दृष्टिकोण र संस्थागत संरचना परिवर्तनको ऐतिहासिक क्षण पनि मानिन्छ ।
नेपालको संविधान, २०७२ को प्रस्तावनामै वर्गीय, जातीय, लैङ्गिक विभेद आदिको अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । सैद्धान्तिक रूपमा लैङ्गिक आधारमा विभेद गर्न नपाउने व्यवस्थाले फरक लैङ्गिक पहिचान भएका मानिसले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने मानवअधिकारको विश्वव्यापी मान्यतालाई स्वीकार गरेको छ । संविधानको धारा १२ मा प्रत्येक नागरिकले लैङ्गिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था गरिएको छ । यसैगरी धारा १८ मा समानताको हकसम्बन्धी व्यवस्था छ, यसले लैङ्गिक तथा यौनिक सीमान्तकृत भएकै आधारमा विभेद गर्न नहुने स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसैगरी धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था गरिएको छ ।
तर संविधानमा उल्लेख भएका धारामा पनि यौनिक तथा लैङ्गिक समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक नीति–निर्माण गर्ने स्थानमा उनीहरूको प्रतिनिधित्वको हक हुने व्यवस्था गरेको छ । तर भएका व्यवस्थाहरु व्यवहारिक कार्यान्वयनमा नआउनुलाई दल र राज्यका निकायहरुको गैरजिम्मेवारीपन बुझ्न सकिन्छ ।
नेपालको संविधान समावेशी र समानताका दृष्टिकोणमा अब्बल मानिए पनि व्यवहारिक कार्यान्वयनमा कमजोर हुनु दुःखद हो । अधिकारकै लागि विभिन्न दातृ निकायहरुले अर्बौं खर्च गरिसकेपनि उपलब्धी न्यून हुनुलाई लबिङ र आर्थिक पारदर्शिताको पनि कुरा उठ्ने गरेको छ । समूदायका नाममा आएको करोडौं डलरको फन्ट कार्यान्वयन पारदर्शी नभएकाबारे अनुसन्धान आजको सरकारको दायित्व पनि थप भएको छ । दुई तिहाइ नजिकको बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रालय नै तोकिनु सुखद् भएपनि अब काम कुन रुपले अगाडि बढ्छ भन्ने मुख्य प्रश्न छ ।
अब मन्त्रालयमार्फत समूदायका पक्षमा काम गर्न प्रथमत, निजामती कर्मचारीहरुको सोच परिवर्तन गर्न जरुरी छ । राज्यका संरचनाभित्र रहेका सबै सरकारी निकायमा कार्यरत व्यक्तिहरुलाई समूदायको परिभाषा बुझाउन प्रशिक्षण जरुरी छ । समूदायका व्यक्तिहरु राष्ट्रको सामाजिक संरचनाकै हिस्सा हुन् र राज्यको प्रत्यक्ष जिम्मेवारी तथा संरक्षणका हकदार हुन् भन्नेमा स्पष्ट हुनुपनि जरुरी छ ।
त्यस्तै राज्यका निकायहरुमा संरचनागत रूपान्तरण र प्रशस्त कानुनी सुधारहरु हुनपनि जरुरी छ । जस्तो–विवाहमा असमानता, नागरिकतासम्बन्धी जटिलता, पारिवारिक अधिकार, उत्तराधिकार, धर्मपुत्र–धर्मपुत्री ग्रहण, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विभेदकारी कानुन र नीतिहरूमा व्यापक सुधार तत्कालको आवश्यक्ता हो । त्यसका लागि सरोकारवालाहरुले सरकारलाई बुँदागत सुझाव दिनुपर्छ ।
नेपालको निजामती सेवा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति अत्यन्त बहिष्करणकारी रहेकाले उनीहरुलाई पहिलो चरणमा प्रशिक्षण जरुरी छ । मन्त्रालय केवल प्रतीकात्मक साइनबोर्ड झुन्डाएर मात्र विभेद अन्त्य र कानुन सुधार नहुने भएकाले पहिलो चरणमा कर्मचारी र दोस्रो चरणमा संघ र प्रदेश तहका सांसदहरुलाई प्रशिक्षण प्रदान गरिनुपर्छ ।
वास्तवमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकभित्र कस्ता व्यक्तिहरु समेटिन्छन भन्नेमा एकरुपता छैन् । अर्थात सामूहिक, वैज्ञानिक र विश्वव्यापी परिभाषा छैन् । नेपालमा सक्रिय संघसंस्थाहरुबीच परिभाषामा एकरुपता छैन् । दातृ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.