×

नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

 

ललितपुर । वाणिज्य एवं अर्थशास्त्रीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड दिँदै सम्पन्न भएको छ । मेगा कलेज कुमारी पाटीमा २ दिनसम्म चलेको सम्मेलनले नेपालमा व्यवस्थापन, वाणिज्य र व्यापारका विद्यार्थीहरूलाई विश्व स्तरीय पहुँच वृद्धि गर्नुपर्ने निर्णय समेत गरेको छ ।

सम्मेलनको निष्कर्षका रूपमा प्रस्तुत गरिएको ८ बुँदे घोषणापत्रमा सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक रूपान्तरणको अभियानलाई सार्थकता दिनुपर्ने उल्लेख छ ।

आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहले नेपाली प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले सम्मेलनबाट बौद्धिक लाभ लिएको बताए । उनले शैक्षिक अनुसन्धानमा बजेट वृद्धि, निजी क्षेत्रसँग सहकार्य, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नवप्रवर्तन लगायतका सन्दर्भमा सम्मेलनले ठोस नीतिगत योगदान दिएको बताए ।

‘सधैँ विदेशीको अनुसन्धानलाई मात्रै साभार गर्नुभन्दा नेपालकै अर्थशास्त्रीहरूले नेपालको बारेमा गरेका अनुसन्धानहरूलाई सम्मेलनमा प्राथमिकता दिएका थियौँ । सम्मेलनका निष्कर्षले विश्वविद्यालय र सरकार दुवैलाई नीतिगत मार्ग निर्देशन गर्ने अपेक्षा लिएका छौँ’, साहले भने ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्राध्यापक डा।दिलीप पराजुलीले नेपाल आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्न लागेको बेला अर्थशास्त्रीहरूले विशेष योगदान गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको कक्षामा मात्रै सीमित शैक्षिक अनुसन्धानलाई राज्यले नै प्राथमिकतामा राख्नुपर्ने बताए ।

सम्मेलनमा सहभागी भारतको बनारस हिन्दु विश्वविद्यालयका व्यवस्थापन संकाय प्रमुख प्राध्यापक डा।हरेन्द्र कुमार सिंहले शैक्षिक अनुसन्धानका क्षेत्रमा नेपाल र भारतबिच पर्याप्त सहकार्यको ढोका खुला राख्नुपर्ने बताए ।

सम्मेलनमा दक्षिण एसियाली अनुसन्धानकर्ताहरूको ५ वटा र नेपाली विद्यार्थीहरूको ९ वटा अनुसन्धान पत्रमाथि छलफल भएको थियो । मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.