×

पर्यटन क्षेत्रमा नवीनता र विविधीकरणमा सभापति उदासको जोड

खालीपाना न्युजडेस्क | ४ घण्टा अगाडि

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताएकी छन् ।
पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताएकी हुन् । उनले प्रस्तावित विधेयकका प्रत्येक दफाहरूमा सुक्ष्म छलफल गरी यसलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘पर्यटन कानुन संशोधन विधेयकमा धेरै कुरा मिसिङ भएको छ । यहाँहरु सबैले दिनुभएका सुझावहरु हामी समेट्ने प्रयास गर्नेछौं । यसमा धेरै छलफल गर्न आवश्यक पनि छ । राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयक प्रतिनिधिसभाबाटै पारित हुन र छलफल हुन बाँकी नै छ । अब छिट्टै हाम्रो समितिमा यो विधेयक आउने छ र हामी यसको प्रत्येक दफामा गहन छलफल गर्ने छौं । पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्छ ।’
सभापति उदासले नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा व्यक्त गरिन् । उनले नेपालको पर्यटनलाई विविधीकरण गर्न र नयाँ आयामहरू थप्नका लागि आध्यात्मिक पर्यटन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
छलफलका क्रममा उनले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नियामक ढाँचा ( र दिशा निर्देश गर्ने दस्तावेजको आवश्यकता औंल्याइन् ।
पर्यटन क्षेत्रलाई मापनयोग्य र राष्ट्रिय गौरवको विषय बनाउनका लागि नवीन सोचका साथ अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.