×

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपालमा लागू गरिएको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली बीचमा अवरुद्ध भएको स्पष्ट पारे । उनले युक्रेन युद्धका बेला प्रणालीमा ब्रेक लागेपछि मूल्य समायोजन नियमित रूपमा गर्न नसकिएको बताए ।
उनका अनुसार त्यस अवधिमा पेट्रोलको मूल्य अत्यधिक बढ्दा नेपाल आयल निगमले प्रतिलिटर १०० रुपैयाँभन्दा बढी घाटामा बिक्री गर्नुपरेको थियो ।
उनले भने, ‘मूल्य वृद्धिको कुरा उठेको छ । विशेषगरी पेट्रोलियम पर्दाथको स्वचालित मूल्य प्रणाली जुन आयल निगममा लागु भएको थियो । बिचमा युक्रेन युद्धका बेला पनि एकचोटी ब्रेक भयो । त्यसपछि स्वचालित रुपमा जति बढ्छ, त्यति बढाउने, जति घट्छ । तर त्यति घटाउन सकिएन । किनभने धेरै बढ्यो । बिचमा एक लिटर पेट्रोलमा एक सय रुपैयाँ भन्दा बढी घाटा आयल निगमलाई थियो । त्यो बेचिरहेका थियौं । निगमले भारतीय आयल कर्पोरेशनसँग खरिद गर्छ । अन्तर्राष्ट्रिय रेट हेर्दा फरक देखिन्छ । तर त्यसमा रिफाइनरी अरु चार्जेजहरु जोडेर जुन इन्डियन आयल कर्पोरेशनले १५–१५ दिनमा मूल्य दिन्छ निगमलाई । त्यो मूल्यको आधारमा नेपालको मूल्य निर्धारण गर्ने गरिन्छ ।’
सचिव राउतले नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने जानकारी दिँदै अन्तर्राष्ट्रिय मूल्य, रिफाइनरी शुल्क तथा अन्य चार्ज जोडेर भारतीय पक्षले प्रत्येक १५ दिनमा मूल्य निर्धारण गर्ने र त्यसकै आधारमा नेपालमा मूल्य तय हुने बताए ।
त्यसैगरी, उनले ग्यासको मूल्यमा पनि ठूलो घाटा रहेको उल्लेख गरे । उनका अनुसार हाल ग्यास सिलिण्डरमा प्रतिसिलिण्डर १,१४२ रुपैयाँसम्म घाटा देखिएको छ । १४.२ केजीको सिलिण्डरमा १५० रुपैयाँ मूल्य बढाउँदा पनि करिब १,००० रुपैयाँ घाटा रहेको उनले बताए ।
उनले भने, ‘ग्यास सिलिण्डरको मूल्यको पनि बढेर आयो । ११४२ रुपैयाँ घाटा देखिने अवस्था आयो । प्रतिसिलिण्डर १४.२ केजी गर्दाखेरि १५० रुपैयाँ बढाउँदाखेरि लगभग १००० रुपैयाँ प्रतिसिलिण्डर ग्यास अहिले बेच्यो भने घाटा छ । त्यो घाटा राज्यले बेहोरिरहेको छ । भदौदेखि यो मूल्यवृद्धि इन्टरनेशनल मार्केटमा हुन थाल्यो । चाडबाड चुनाव हुँदाखेरि मूल्य बढ्न पुग्यो ।’
राउतले अन्तर्राष्ट्रिय बजारमा भदौदेखि मूल्य बढ्न थालेको र चाडपर्व तथा निर्वाचनको समयमा मूल्यवृद्धि थप दबाबमा परेको उल्लेख गरे । हालको घाटा राज्यले व्यहोर्दै आएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.