×

इनरुवामा बर्डफ्लु जोखिमबारे कृषकसँग अन्तरक्रिया, क्षतिपूर्ति विस्तारको माग

खालीपाना न्युजडेस्क | ४ दिन अगाडि

सुनसरी, इनरुवा — बर्डफ्लु संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै इनरुवास्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कुखुरापालक कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अशोककुमार चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरीको अध्यक्षता रहेको थियो।

झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा H5N1 तथा H9N2 जस्ता बर्डफ्लु संक्रमण देखिन थालेपछि रोग नियन्त्रण, रोकथाम तथा प्रभावित कृषकको संरक्षणबारे गम्भीर छलफल गरिएको हो।

कार्यक्रममा सहभागी कृषकहरूले पछिल्लो समय बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्। संक्रमण फैलिँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आउँदा उत्पादन चक्र प्रभावित भएको, लगानी जोखिममा परेको तथा व्यवसाय संकटमा परेको उनीहरूको भनाइ थियो।

कृषकहरूले यस अवस्थाले स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पार्ने, बेरोजगारी बढाउने र आयआर्जनमा गिरावट ल्याउने चेतावनी दिएका छन्। दीर्घकालीन रूपमा यसले राज्यको समग्र आर्थिक वृद्धिदरमा समेत असर पार्न सक्ने उनीहरूको भनाइ छ।

अन्तरक्रियामा कृषकहरूले हाल H5N1 संक्रमणमा मात्र उपलब्ध रहेको क्षतिपूर्तिको व्यवस्था H9N2 मा समेत लागू गर्न माग गरेका छन्। रोगको प्रकृति र प्रभाव दुवै गम्भीर भएकाले समान नीतिगत व्यवहार आवश्यक रहेको उनीहरूले जोड दिएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले कृषकका समस्याप्रति सरकार गम्भीर रहेको बताउँदै प्रभावकारी नियन्त्रण रणनीति, शीघ्र क्षतिपूर्ति र दीर्घकालीन पशु स्वास्थ्य सुरक्षाका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।

अध्यक्षता गरिरहेका मन्त्री मन्सुरीले सरोकारवालाबीच सहकार्य बढाएर संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।

विशेषज्ञहरूले बर्डफ्लु जस्ता संक्रामक रोग नियन्त्रणका लागि समयमै पहिचान, जैविक सुरक्षा उपायको कडाइका साथ पालना तथा राज्य र कृषकबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको औंल्याएका छन्। कार्यक्रममा रोग नियन्त्रणसँगै कृषकको जीविकोपार्जन संरक्षणबारे नीतिगत बहसलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.