×

जनताको डिमाण्ड र सरकारको सप्लाइबीच तालमेल मिल्नुपर्छ : सजिदा खातुन सिद्धिकी

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएकी छन् ।

आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले जनताको माग ‘डिमाण्ड साइड’ मा रहने र सरकार ‘सप्लाइ साइड’ मा बस्ने भएकाले यी दुईबीच तालमेल आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘जहिले पनि जनता डिमाण्ड साइटमा बस्ने हुन्छ भने सरकार सप्लाइ साइडमा बस्छ । यी दुई वटाको तालमेल मिलाउन जरुरी छ । तालमेल मिलेन भने फेल खान्छौं । त्यसकारण जहिले पनि सरकारको शिरमा बसेर काम गर्दा देश र जनताको मागलाई हेरेर अगाडि बढ्नुपर्छ ।’

सांसद सिद्धिकीले आफ्नो जिम्मेवारी पार्टीसँगै संसदमा रहेको उल्लेख गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, ‘मेरो जिम्मेवारी पार्टीसँगै सदनमा छ । मैले काम गर्दा देश र जनता शिरमा हुनेछ , म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन् र न्याय जनताको पक्षमा रहनेछ । सदनमा रहँदा कानुन, न्याय तथा मानव अधिकार समितिमा बसेर कार्ययोजना बनाउँदै छु।’

उनले आफू कर्णालीको आवाज र मधेशको सवाल बन्न चाहेको बताउँदै देशलाई सुन्दर, शक्तिशाली र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन चाहेको धारणा राखिन् ।

स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले स्थानीय तहको संरचना र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले स्थानीय तहको प्रशासकीय अधिकृत नियुक्तिका लागि संघीय सरकारका मन्त्रीको ढोकामा पुग्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीय तह पार्टीका कार्यकर्ता भर्ती गर्ने केन्द्रजस्तो बनेको आरोप लगाए ।

शाहीले भने, ‘आज स्थानीय तहको प्रशासकीय अधिकृत नियुक्तिको लागि संघीय सरकारको मन्त्रीको ढोकामा आउनुपर्ने बाध्यता छ, स्थानीय तह पार्टीका कार्यकर्ता भर्ति गर्ने केन्द्र जस्तो भएको छ । आज एउटा गाउँपालिकामा २ सयदेखि ३ सयसम्म कर्मचारी छन् । २० करोड बजेट गयो भने १० करोड तलबमै जान्छ । सबै मिलेर लुट्न बनाएको भने भइहाल्यो त, होइन भने के बनाएको यस्तो ? स्थानीय तहलाई नियमन गर्ने निकाय खै ?’

उनले वर्तमान सरकारले संसद प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सत्ता पक्षले संसदबाट भाग्ने काम नगर्न आग्रह गरे ।

‘ल्याउनुस् विधेयक, छलफल गरौं । सुकुम्बासीको समस्या छ । सरकारको काम नक्कली सुकुम्बासीलाई कानुनी दायरामा ल्याएको छ, हामीले खुलेर प्रशंसा गरेका छौं। तर जो वास्तविक सुकुम्बासी छन्, उनीहरू पनि यो देशका नागरिक हुन्,’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.