×

अस्थायी शिक्षक तथा विद्यालय कर्मचारी महासंघद्वारा ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी

खालीपाना न्युजडेस्क | ४ घण्टा अगाडि

काठमाडौं । अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीहरूको बृहत राष्ट्रिय भेलाले ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी गरेको छ ।
नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आयोजनामा काठमाडौंको थापागाउँमा १२ गते सम्पन्न भेलाले पेशागत सुरक्षा, स्थायित्व र सामाजिक सुरक्षासम्बन्धी मागहरूलाई मुख्य एजेन्डा बनाउँदै घोषणापत्र सार्वजनिक गरेको हो ।
भेलाले अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापन, सम्मानजनक सेवा–सुविधा र शिक्षा प्रणाली सुदृढीकरणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ । संविधानले सुनिश्चित गरेका समानता, श्रमको सम्मान, सामाजिक सुरक्षा तथा गुणस्तरीय शिक्षाको अधिकार कार्यान्वयन गराउन राज्य जिम्मेवार बन्नुपर्नेमा भेलाले जोड दिएको छ ।
घोषणापत्रमा पेशागत स्वतन्त्रता, संगठन गर्ने अधिकार र लोकतान्त्रिक ट्रेड युनियन अभ्यासलाई सुदृढ गर्दै अस्थायी जनशक्तिको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै आन्दोलन, वार्ता र निर्णय प्रक्रिया पूर्ण लोकतान्त्रिक, पारदर्शी र सहभागितामूलक हुनुपर्ने उल्लेख गरिएको छ ।
बालअधिकार र गुणस्तरीय शिक्षालाई ध्यानमा राख्दै अस्थायी जनशक्तिको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । कुनै पनि दलगत स्वार्थभन्दा माथि उठेर अभियानलाई पेशागत र निष्पक्ष रूपमा अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ ।
भेलाले अस्थायीकरण, सेवा–सुविधामा विभेद, नीतिगत अन्योल र भविष्य असुरक्षालाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ ।
त्यस्तै, आगामी शिक्षा ऐन तथा नियमावलीमा सबै प्रकारका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूको न्यायोचित र दीर्घकालीन व्यवस्थापनको प्रावधान गर्न सरकारसँग माग गरिएको छ । सरकार, शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायसँग नियमित संवाद र वार्तामार्फत समाधान खोज्ने निर्णय पनि गरिएको छ ।
घोषणापत्रमा उमेर पुगेका तथा स्वेच्छिक रूपमा सेवाबाट बाहिरिन चाहनेलाई सम्मानजनक ‘गोल्डेन ह्यान्डसेक’ सुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ । साथै, सबै अस्थायी शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेशागत निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
रिक्त राहत तथा अस्थायी दरबन्दीलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने र कार्यरत अस्थायी शिक्षक तथा कर्मचारीका लागि उमेर हद हटाउनुपर्ने माग पनि अघि सारिएको छ ।
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि न्यूनतम पारिश्रमिक, सेवा सुरक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
भेलाले देशभरका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई साझा मुद्दामा एकताबद्ध भई आन्दोलन, संवाद र गुणस्तरीय शिक्षा अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
भेलाका संयोजक विष्णु खत्रीले अस्थायी शिक्षकहरूको अधिकार सुनिश्चित नभएसम्म अभियान निरन्तर रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.