×

अत्याधुनिक बन्दै नेपालकै ठूलो पुस्तकालय : अन्तर्राष्ट्रिय स्तरको ‘अनुसन्धान केन्द्र’ बनाउने लक्ष्य

खालीपाना न्युजडेस्क | ४ दिन अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई अब केवल अध्ययन स्थल मात्र नभई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ । पुस्तकालयलाई आधुनिक ‘अनुसन्धान केन्द्र’ साथै डिजिटाइजेसनका रूपमा विकास गर्ने लक्ष्य राखिएको हो ।

पुस्तकालयले ज्ञान उत्पादन र अनुसन्धान प्रवद्र्धनतर्फ आफूलाई रूपान्तरण गर्ने योजना बनाइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले बताए ।

सुवेदीका अनुसार हाल पुस्तकालयले उपलब्ध गराउँदै आएको सेवा केवल पुस्तक अध्ययनमा सीमित नभई डिजिटल स्रोत, अनुसन्धान सामग्री र अन्तर्राष्ट्रिय डाटाबेससम्म विस्तार भइसकेको छ ।

‘अब हाम्रो उद्देश्य पुस्तकालयलाई रिसर्च लाइब्रेरीका रूपमा विकास गर्नु हो,’ उनले भने । उनका अनुसार भविष्यमा पुस्तकालयको वेब पोर्टलमार्फत नेपालका विभिन्न संस्थाका ज्ञान स्रोतहरू एकै स्थानबाट पहुँचयोग्य बनाउने दीर्घकालीन योजना पनि अघि बढाइएको छ ।

सुवेदीका अनुसार त्रिवि केन्द्रीय पुस्तकालय नेपालकै सबैभन्दा ठूलो पुस्तकालय हो, जहाँ अहिले पनि ठूलो संख्यामा विद्यार्थीहरू अध्ययनरत छन् । दुई भवनमा मात्रै करिब १,३०० भन्दा बढी विद्यार्थीहरू एकै समयमा अध्ययन गरिरहेका छन्।
पुस्तकालयले २४ घण्टा अध्ययन सेवा विस्तार गर्दै करिब नयाँ भवनको तल्लो तलामा मात्रै २०० विद्यार्थीका लागि निरन्तर अध्ययनको व्यवस्था मिलाएको छ । केही समयअघि मात्रै उक्त कक्षलाई २४ घण्टा सञ्चालनमा ल्याइएको हो।

पुस्तकालय परिसर, भवनभित्र मात्र नभई बगैंचा तथा बाहिरी क्षेत्रमा समेत विद्यार्थीहरूको अध्ययन गतिविधि देखिने गरेको छ।
‘पठन संस्कृति मरेको छैन, बरु अझै विस्तार भइरहेको छ,’ उनले भने, ‘हाम्रो पुस्तकालयमा आएर हेर्नेहरूले यो कुरा सहजै महसुस गर्न सक्छन्।’

विद्यार्थीको अत्यधिक चापका कारण पुस्तकालयले भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती भोगिरहेको छ । बस्ने ठाउँ अभाव, शौचालय समस्या, खानेपानीको कमी तथा ढल व्यवस्थापनजस्ता समस्या बढ्दै गएको पुस्तकालय प्रशासनले जनाएको छ ।
लोकसेवा, भाषा अध्ययन, विदेश अध्ययन तयारी, प्रवेश परीक्षा तथा विभिन्न आयोगको तयारी गर्ने विद्यार्थीहरूको भीड अत्यधिक हुने गरेको छ ।

सुवेदीका अनुसार कीर्तिपुर क्षेत्रमा ‘केन्द्रीय पुस्तकालयमा बसेर पढेपछि लोकसेवा निस्कन्छ’ भन्ने चर्चा समेत फैलिएको छ, जसका कारण एसईई÷एसएलसी पास गरेका विद्यार्थीसमेत सदस्यता लिन आउने गरेका छन्।
उनले राज्यलाई सामूदायिक पुस्तकालयहरूको संख्या बढाउन आग्रह गर्दै प्रत्येक स्थानीय तहमा सार्वजनिक अध्ययन केन्द्र आवश्यक रहेको बताए ।

पुस्तकालयले डिजिटल सेवामा पनि उल्लेखनीय विस्तार गरेको छ। हाल करिब २० हजारभन्दा बढी थेसिस तथा डिजिटल अनलाइनमार्फत अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । साथै विभिन्न अन्तर्राष्ट्रिय डाटाबेस, ई–बुक, जर्नल आर्टिकल तथा अनुसन्धान सामग्री विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई उपलब्ध गराइएको छ।
रिमोट एक्सेस प्रणालीमार्फत विद्यार्थीहरूले आफ्नो परिचयपत्र प्रयोग गरी घरमै बसेर पनि पुस्तकालयका डिजिटल स्रोतहरू प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सुवेदीका अनुसार अहिलेका पुस्ताका लागि आवश्यक सबै प्रकारका अध्ययन सामग्री ग्याजेटमार्फत पहुँचयोग्य बनाइएको छ ।

पुस्तकालयमा हाल करिब ५ देखि ६ हजार सक्रिय सदस्य छन् । विद्यार्थी परिचयपत्र भएका करिब चार हजार विद्यार्थी सदस्य छन् भने थप चार हजार जति अध्ययन कक्ष प्रयोग गर्ने रिफरेन्स सदस्य रहेका छन् । दैनिक रूपमा १,२०० देखि १,४०० जना विद्यार्थी तथा पाठकहरू पुस्तकालयमा आउने–जाने गरेको तथ्यांक छ ।
विश्वविद्यालयभन्दा बाहिरका सर्वसाधारणलाई पनि पुस्तकालयले अध्ययन अवसर उपलब्ध गराउँदै आएको छ । तर बढ्दो चापका कारण बस्ने स्थान, शौचालय, खानेपानी तथा अन्य आधारभूत पूर्वाधारमा चुनौती देखिएको सुवेदीले बताए ।
‘हामी विश्वविद्यालय पुस्तकालय भए पनि सबैलाई अध्ययन अवसर दिएका छौं, तर अत्यधिक भीडका कारण भौतिक सुविधा पर्याप्त छैन,’ उनले भने।

अपाङ्गता भएका विद्यार्थीका लागि पुस्तकालयमा र्याम्प, लिफ्ट तथा अडियो–भिजुअल अध्ययन कक्षको व्यवस्था गरिएको छ । दृष्टिविहीन विद्यार्थीका लागि सुनेर अध्ययन गर्न सकिने विशेष कोठा तथा आवश्यक उपकरण पनि उपलब्ध गराइएको छ ।
सुवेदीका अनुसार अब पूराना कागजी दस्तावेज, हस्तलिखित ग्रन्थ तथा अभिलेखहरूलाई डिजिटाइजेसन गर्ने कामलाई तीव्र बनाइनेछ।

केन्द्रीय पुस्तकालयसँग नेपालका दुर्लभ हस्तलिखित ग्रन्थ, पूराना दस्तावेज, विश्वविद्यालयका ऐतिहासिक अभिलेख, नेपाल कलेक्सन तथा आइएसबीएन डिपोजिटरी कलेक्सन रहेका छन् ।
६००–७०० भन्दा बढी हस्तलिखित ग्रन्थ तथा ऐतिहासिक अभिलेख सुरक्षित रूपमा राखिएको छ । केही डिजिटाइज गरिसकिएको छ भने बाँकीलाई क्रमशः डिजिटल स्वरूपमा लैजाने तयारी भइरहेको छ ।

सुवेदीले पूराना दस्तावेज संरक्षणका लागि उच्चस्तरीय डिजिटल स्क्यानिङ मेसिन आवश्यक रहेको बताए ।
‘कागजी दस्तावेजको आयु सीमित हुन्छ । किरा, फट्यांग्रा र समयले त्यसलाई नष्ट गर्छ,’ उनले भने, ‘डिजिटल बनाएर सुरक्षित राख्न सके ज्ञान पनि जोगिन्छ र सबैले पहुँच पनि पाउँछन्, ज्ञानलाई दीर्घकालीन रूपमा सुरक्षित गर्न सकिन्छ,’ उनले भने।
उनले भविष्यमा त्रिवि केन्द्रीय पुस्तकालयलाई पूर्ण रूपमा अनुसन्धानमुखी पुस्तकालयका रूपमा विकास गर्दै, एउटै पोर्टलमार्फत सबै ज्ञान स्रोतमा पहुँच हुने प्रणाली बनाउने लक्ष्य रहेको बताए ।

पुस्तकालयमा हाल करिब ५ देखि ६ हजार सक्रिय सदस्य रहेका छन्। दैनिक रूपमा १,२०० देखि १,४०० जना विद्यार्थी तथा पाठकहरू पुस्तकालयमा आउने–जाने गरेको तथ्यांक छ ।
यस्तै, त्रिवि केन्द्रीय पुस्तकालय मूलतः एकेडेमिक लाइब्रेरी भएपनि आम सर्वसाधारणलाई समेत सेवा दिइरहेको त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताए ।

शर्माका अनुसार विश्वविद्यालयबाहिरका पाठकहरूले पनि सदस्यता लिएर पुस्तकालय प्रयोग गर्न सक्ने सुविधा छ ।
पुस्तकालयमा ‘नेपाल कलेक्सन’, ‘आर्काइभ’ र ‘आईएसबीएन डिपोजिटरी कलेक्सन’ गरी तीन विशेष संग्रह विकास गरिएकाले बाहिरका पाठकहरुको रोजाइमा परेको उनको भनाई छ ।

उनका अनुसार पुस्तकालयले नेपालका पूराना हस्तलिखित ग्रन्थ, दुर्लभ अभिलेख, विश्वविद्यालयका ऐतिहासिक दस्तावेज र नेपालमा प्रकाशित पुस्तकहरूको संरक्षणलाई प्राथमिकता दिइएको छ । हाल ६–७ सयभन्दा बढी हस्तलिखित ग्रन्थ सुरक्षित रूपमा संरक्षण गरिएको छ, जसको केही भाग डिजिटाइजसमेत भइसकेको छ ।

पूराना अभिलेख, अनुसन्धान सामग्री र नेपालसम्बन्धी दस्तावेज खोज्न आउने धेरै देश भन्दा बाहिरका पाठकहरु केही दिन बसेर अध्ययन गर्ने गरेको सूचना अधिकारी शर्माले जानकारी दिए । पुस्तकालयले पुराना दस्तावेजहरू डिजिटलाइज गर्दै दीर्घकालीन रूपमा ज्ञान संरक्षण गर्ने लक्ष्य लिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.