काठमाडौं । झापाको भद्रपुर नगरपालिका ५ नयाँ बजारबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १२० मिलिग्राम सहित सोही नगरपालिका ५ बसपार्क नजिकै बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१० मिलिग्राम र नगद ६ हजार ७५० रुपैयाँसहित सोही नगरपालिका-७ नमुना टोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसै गरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१० नितनपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम २१० मिलिग्रामसहित वीरगन्ज महानगरपालिका-२१ परवानीपुर बस्ने २५ वर्षीय अनिल साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा समेतबाट खटिएको प्रहरीले वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको इलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, तनहुँ आँबुखैरेनी गाउँपालिका-२ ढाप टारबाट नियन्त्रित लागू औषध डाईजेपाम १ एम्पुल, फेनारनग १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुलसहित गोरखा, गोरखा नगरपालिका-१० बाह्र किलो बस्ने २७ वर्षीय आमोस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त लागू औषध आँबुखैरेनी गाउँपालिका-२ बगुवा बस्ने ३० वर्षीय प्रितम थापाबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रितमको घर तलासी गर्दा नियन्त्रित लागू औषध ट्राम डोल १ हजार ७ सय ट्याब्लेट, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पर्सा वीरगन्ज महानगरपालिका-१६ बाट नियन्त्रित लागू औषध डाईजेपाम २०० एम्पुल, बुप्रेनोर्फिन २०० एम्पुल र प्रोमेथाजाइन २०० एम्पुलसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका भारत मोतिहारी रक्सौल बस्ने २३ वर्षीया नेहा देबी ठाकुर र सोही महानगरपालिका ४ बस्ने ३२ वर्षीय केवल गोसाईं रहेका छन् ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले मितेरी पुलबाट घण्टाघरतर्फ जाँदै गरेको बि.म.न.पा.१ ह ८३८ नम्बरको ई-रिक्सामा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसै गरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २२ वर्षीय हरि बुढालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.