×

मगर संघ बेल्जियमले घोषणापत्र सार्वजनिक, एकता र संस्कृतिमा विशेष जोड

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

बेल्जियम । मगर संघ बेल्जियमले आफ्नो भावी कार्ययोजना तथा घोषणापत्र सार्वजनिक गरेको छ ।
आयोजित कार्यक्रममा संघका अध्यक्ष कल्पना मगरद्वारा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रस्तुत घोषणापत्रमा मगर समुदायको एकता, भाषा, संस्कृति संरक्षण तथा संस्थागत विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । अध्यक्ष मगरले बेल्जियममा बसोवास गर्ने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै समुदायको हित, उत्थान र सशक्तीकरणमा केन्द्रित भएर काम गरिने बताउनु भएको छ ।
घोषणापत्रअनुसार मगर समुदायको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई विशेष महत्व दिइनेछ । माघे संक्रान्ति जस्ता सांस्कृतिक कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ । साथै, मगरहरूको पहिचानसँग जोडिएको भूम्या पर्वलाई भव्य रूपमा मनाउन विभिन्न संघ संस्थासँग सहकार्य गरिने योजना अघि सारिएको छ ।
मगर मातृभाषा संरक्षणका लागि अनलाइन भाषा कक्षा सञ्चालन गरिने योजना पनि घोषणापत्रमा समेटिएको छ । यसबाट दोस्रो पुस्तामा भाषा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, मगर दिवसलाई प्रत्येक वर्ष भव्य रूपमा मनाइने र पुराना तथा नयाँ सदस्यबीच सम्बन्ध सुदृढ बनाउन नियमित भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
संस्थागत सुदृढीकरणतर्फ ध्यान दिँदै संघको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। दीर्घकालीन लक्ष्यअनुसार आर्थिक अवस्था मजबुत बनाउँदै उक्त कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ । कार्यक्रममा संघका संरक्षक, महासंघका प्रतिनिधि, पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.