×

तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

काठमाडौं । सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।
सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।
‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।
उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् ।
केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरेको छ ।
नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन् । साथै, हरेक वर्ष करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा ३९ हजारभन्दा बढी औषधि संवेदनशील क्षयरोगका बिरामी पहिचान गरी उपचार गरिएको केन्द्रले जनाएको छ । उपचार सफलता दर औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको छ ।
देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामार्फत क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने माइक्रोस्कोपी र आधुनिक परीक्षण सेवासमेत विस्तार गरिएको छ । साथै, औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि विशेष केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
यद्यपि, अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको तथ्यले चुनौती कायमै रहेको देखाउँछ। आर्थिक भार, सामाजिक लाञ्छना र स्रोतसाधनको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भइरहेको छ ।
सरकारले आगामी दिनमा एआई जडित डिजिटल एक्स–रे, द्रुत परीक्षण सेवा विस्तार तथा स्थानीय तहको नेतृत्वमा कार्यक्रम सुदृढ गर्ने योजना बनाएको जनाएको छ ।
केन्द्रले क्षयरोग अन्त्यका लागि सरकार मात्र नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.