रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले असफल तुल्याएको छ। वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरूलाई डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो।
प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रातारात छाप्राहरू निर्माण गरी बस्ती बसाल्ने प्रयास गरेका हुन।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहका अनुसार, निर्वाचनको माहोलमा प्रशासनको निगरानी कम हुने ठानेर केही व्यक्तिहरूले वन क्षेत्रमा अनधिकृत रूपमा संरचना खडा गरेका थिए। ‘निर्वाचन कार्यमा कर्मचारीहरू खटिएको मौका छोपेर वन अतिक्रमण गर्ने नियत देखिएकाले तत्कालै एक्सन लिइएको हो,’ प्रमुख साहले बताए।
वन अतिक्रमणको सूचना प्राप्त हुनासाथ डिभिजन वन कार्यालय रौतहटको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। उक्त टोलीमा इलाका प्रहरी कार्यालय चन्द्रपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सव–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरू सहभागी थिए।
संयुक्त टोलीले वनको जग्गामा बनाइएका काँचो टाँटी र बाँसका टहराहरू पूर्ण रूपमा ध्वस्त पारेको छ। वन कार्यालयका अनुसार, अतिक्रमणकारीहरूले केही संरचनामा बसोबास समेत सुरु गरिसकेका थिए भने केही ठाउँमा जग्गा ओगट्ने उद्देश्यले मात्र संरचना बनाइएको थियो।
बेल्डी क्षेत्र वन अतिक्रमणको दृष्टिकोणले निकै संवेदनशील मानिन्छ। यसअघि पनि पटक–पटक सो क्षेत्रमा वनको जग्गा मिचेर घरहरू बनाउने प्रयास हुँदै आएका छन्। कतिपय पुराना संरचनाहरूमा मानिसहरू बसोबास गरिरहेकाले वन व्यवस्थापनमा थप चुनौती थपिएको कर्मचारीहरू बताउँछन्।
वन संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृतहरूले निर्वाचनको समयमा मात्र नभई जुनसुकै बेला पनि वनको जग्गा कब्जा गर्ने प्रयास भएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
प्रशासनले वन क्षेत्र सार्वजनिक सम्पत्ति भएको र यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै कसैको बहकाउमा लागेर वा राजनीतिक आडमा वनको जमिन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अवैध रूपमा वन क्षेत्रमा घर टहरा बनाएको पाइएमा कुनै पनि बेला डोजर चल्न सक्ने र संलग्न व्यक्तिलाई वन ऐन बमोजिम कारबाही गरिने वन कार्यालयले स्पष्ट पारेको छ।
यहाको चन्द्रपुरका गैडाटार, जुडिबेला, बागमती, पौराई र गुजरा, बृन्दावन नगरपालिकाका विभिन्न क्षेत्रमा अतिक्रमण बढ्दो छ। पछिल्ला केही वर्ष देखि करिब ३ सय ४२ हेक्टर वन नयाँ अतिक्रमणको चपेटामा परेको छ। जिल्लामा कुल २९ हजार ४ सय ३६.३३० हेक्टर राष्ट्रिय वन क्षेत्र छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.