काठमाडौं । परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले बुधबार राजधानीमा खबरदारी सभा गरेको छ । अभियानले पुरानो सोच, नीति र नेतृत्वका कारण देश अपेक्षित विकासको बाटोमा जान नसकेको ठहर गर्दै अब चुनाव मात्र होइन, नयाँ सोच र नयाँ खोज आवश्यक भएको सन्देश दिएको छ ।
अभियानका अनुसार २०४७ सालपछि भएका हरेक निर्वाचनबाट सत्ता फेरिए पनि शासन प्रणाली, सोच र नियत नफेरिँदा जनजीवनमा वास्तविक रूपान्तरण हुन सकेन । राजनीतिक परिवर्तन भएजस्तो देखिए पनि आर्थिक समृद्धि, विकास र रोजगारी सिर्जना नहुँदा नेपालीहरू कामको खोजीमा विदेशिन बाध्य भएको अभियानको भनाइ छ ।
खबरदारी सभामा बोल्ने वक्ताहरूले नयाँ सोच र खोजको उद्देश्य सत्ता कब्जा गर्नु नभई सत्तालाई जनताको दिशामा फर्काउनु रहेको स्पष्ट पारे । उनीहरूले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले पाँच वर्षको स्पष्ट कार्ययोजनासहित जनतासँग प्रतिबद्धता गर्नुपर्ने र पाँच वर्षपछि ती योजना पूरा भएको हिसाब दिनुपर्ने धारणा राखे ।
अभियानले कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई नेपालको आर्थिक विकासका आधार माने पनि हरेक निर्वाचनपछि यी क्षेत्र उपेक्षित हुँदै आएको जनाएको छ । स्वदेशमै रोजगारी सिर्जना, राजनीतिक नातावाद र विचौलियाको अन्त्य, स्वदेशमै विश्वविद्यालय स्थापना, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने अभियानका मुख्य माग छन् ।
खबरदारी सभामा प्रस्तुत अवधारणाअनुसार निर्वाचनपछि सत्ता बदलिँदै आए पनि प्रणाली नबद्लिँदा न विकास आयो, न परिवर्तन अब यस्तो अवस्था स्वीकार्य नहुने भन्दै अभियानले स्वदेशमै पुँजीअनुसारको लगानी, वैदेशिक रोजगारीको विकल्प, कृषिमा उत्पादन वृद्धि, पर्यटन विकास, कर प्रणाली सुधार, गाउँ–शहर जोड्ने द्रुतगतिको राजमार्ग, प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच बेडको स्वास्थ्य चौकी, व्यवहारिक शिक्षाको सुरुवात र ६७ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।
अभियानले पुराना सोच, नीति र अनुहारले देश बदल्न नसकेको, विकास नारामा सीमित भएको र भ्रष्टाचार, दण्डहीनता तथा बेथितिले राज्यको भरोसा कमजोर बनाएको निष्कर्ष निकालेको छ। युवाशक्ति विदेशिन बाध्य हुँदा देश सम्भावनाविहीन बन्दै गएको भन्दै यसविरुद्ध जनचेतना जगाउने, शासनप्रति खबरदारी गर्ने र नयाँ विकल्पको खोज गर्ने उद्देश्य रहेको जनाएको छ ।
अभियानले सुशासन र जवाफदेहिताका लागि भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध स्पष्ट सन्देश दिने, युवाहरू, बुद्धिजीवी र आमनागरिकलाई परिवर्तनको प्रक्रियामा सक्रिय बनाउने तथा अहिंसात्मक र लोकतान्त्रिक तरिकाले सुधारको माग अघि सार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.